कञ्चनपुर टि-ट्वान्टी क्रिकेट’को दोस्रो संस्करण असोज १३ देखि सुरु हुने
सन्तोस पन्त, कञ्चनपुर - कञ्चनपुर टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण असोज १३ गतेदेखि सुरु हुने भएको छ।
गत वर्षबाट सुरु गरिएको प्रतियोगितालाई आयोजक शिद्धेश्वर जय पृथ्वी क्लबले यस वर्षमा पनि निरन्तरता दिने भएको हो ।
बेलौरी नगरपलिका १० शिवनगरमा हुने प्रतियोगिता असोज २६ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
प्राय : टेनिस बलबाट कञ्चनपुरमा क्रिकेट प्रतियोगिता हुने समयमा क्लबले भने लेदर बल मार्फत यो प्रतियोगिता आयोजना गर्दै छ ।
प्रतियोगिताको उदे्श्य अवसरको खोजीमा रहेका स्थानिय खेलाडीलाई प्रतिभा देखाउने आवसर दिनु रहेको खेल सञ्चालक समितीका संयोजक दिपक खड्काले बताए ।
उनका अनुसार प्रतियोगितामा जुनसुकै टिमले सहभागिता जनाउन सक्ने छन । टाढाको टिमलाई बस्ने व्यावस्था मिलाईने छ ।
प्रतियोगितामा सहभागि हुने ईच्छुक टिमका लागि दर्ता खुला गरिएको छ । असोज ११ गतेसम्म टिम दर्ता गराईसक्नु ...












