नयाँ खबर
महेन्द्रनगर –कञ्चनपुर जिल्लाको बेदकोटका एक युवा नदीमा बेपत्ता भएका छन् । मंगलबार दिउसो साढे चार बजेको समयमा बेदकोट नगरपालिका वडा नं. १० बल्मा नदीस्थीत नहरको स्पाममा हाम फालेका बेदकोट १० का २० बर्षिय बलभद्र राना नदीमा बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय कञ्चपनुरका अनुसार रानाको खोजि कार्य जारी रहेको छ । अस्थायी प्रहरी पोष्टका प्रहरी नायव निरिक्षक जगदिश भट्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायव उपरिक्षक सागर बोहरा र सुदूरपश्चिम प्रहरी विपद व्यवस्थापन गुल्म महेन्द्रनगरबाट प्रहरी नायव निरिक्षक ललित सिह बिष्टको कमाण्डमा प्रहरी टोली नदीमा खोजि कार्य गरीरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।