नयाँ खबर
डडेल्धुरा – डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ठाँटा बजारबाट सदरमुकाम डडेल्धुरातर्फ आउँदै गरेको उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप जिल्लाको नवदुर्गा गाउँपालिका– ५ चौडमा सडकबाट २ सय ५० मिटर तल खोल्सोमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्मर बिष्टका अनुसार, मृत्यु हुँनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, सोही ठाउँका २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ वर्षकी कलावती सउद रहेको छन् ।
त्यस्तै, घाइते हुनेमा नवदुर्गा–५ का १८ वर्षीय शुसिला बिं।क।, सोही ठाउँकी ४ वर्षीय प्रतिका पार्की, ४२ वर्षीय चन्द्रबहादुर सउद, ३५ वर्षीय जीप चालक रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश बिं।क। रहेका छन् ।
घाइते सबैलाई जिल्ला अस्पताल डडेल्धुरा लगिएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।