महेन्द्रनगर – बेलडाँडी गाँउपालिकाकी उपाध्यक्ष शान्ती नाथले गाँउपालिकाको गाडीे दुरुपयोग भइरहेको जानकारी दिएकी छन् । उपाध्यक्ष नाथले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि गाँउपालिको गाडीको दुरुपयोग बारे जानकारी गराकी हुन् ।
सोमबार सामाजिक संञ्जाल फेसबुकमा उपाध्यक्ष नाथले गाँउपलिकाको गाडीका ड्राईभर कर्ण बहादुर धामीलाई ‘मैले काममा जान नपाउने ! नचाइने काम गर्ने ! भिट्टु मात्रै दे तेरा अध्यक्ष कि घाटी च्याप्या हु ! अरु केही हुन्या हैन ! तेइ भित्र हाल्या कि ! मैले भन्दिया छु ! भन्ने शब्द प्रयोग गरीएको अडियो भाईरल बनेको थियो ।
सो अडियोमा उनले गाडी नियमविपरित चलाएको पनि उल्लेख गरेकी थिईन । उनले अगाडि भनेकी छन ‘कसैको बाउ बोक्ने, कसैकी जोई बोक्ने ! कैसैकी बा को गाडी हैन । ! साला कसैलाई रात, बिहान पुर्याउने ! त्यै गाडी नाचेकै नाच्या हुन्छ ! मैले काममा जान नपाउने !’
उपाध्यक्ष नाथले उक्त अडियोको सन्दर्भबारे पत्रकार सम्मेलनमा स्पष्ट पारेकी छन् । आफु कामले बेलौरी जान लागेको भन्दै ड्रँईभरलाई पुगाईदिन आग्रह गर्दा समेत ड्राईभरले अध्यक्षलाई सोध्नुपर्ने भन्दै आनाकानी गरेको बताईन । उनका अनुसार सो कार्यक्रममा अध्यक्ष र उपाध्यक्ष नै उपस्थित हुनुपर्ने भनिएपनि अध्यक्षले जान मानेका थिएनन ।
उनले भनिन ‘म बेलौरी एनएनएसडब्लुए को आयोजनामा भईरहेको कार्यक्रम जान ला थे । लालझाडी र बेलडाँडी गाउपलिका अध्यक्ष उपाध्यक्ष सहित विनि लाई बोलाईएको थियो । सो कार्यक्रममा पुर्याई दिन ड्रईभरलाई भनेको हु । मलाई पुगाउन पनि अध्यक्षलाई सोध्नुपर्ने भनेपछि मैले गाडी कसै व्यक्तिको हैन, पलिकाको गाडी हो । गाडी यसरी चलाउन भएन । काम विशेष मात्र बाहिर जाने हो । अध्यक्षले पनि नियम विपरित गाडी चलाउन पाएन । मैले बताउने हो । धेरै कुरा बताउनु परे त्यसैलाई समाएर सबै कुरा बताउछु भन्न खोजेकी हु । मेरो भनाईलाई तोड मरोड गरि गलत प्रचार भयो । ‘
ड्राईभरले उनलार्ई पुगाउन नमानेपछि गाडीको चाबी लगेर नाथ बेलौरी गइन । अनि सामाजिक संञ्जाल फेसबुकमा सार्वजनिक भएको थियो अडियो । ‘रातको समय होटल,रक्सी भट्टीमा गाडी सहित पुग्ने । एकदम दुरुपयोग गर्न लागे गाडीे । अस्ती रातिको ९ बजेसम्म बेदकोटको रेग्मी होटलमा थियो गाडी । गाडीको दूरुपयोग बढेपछि हेर्ने जिम्मा लिएकी छु । कामले बाहिर जान नपाउने तर दुरुपयोग बढ्दै गएपछि चाबी आफुले राखेकी हु ‘ उनले भनिन ।
गाडी विदाको दिनमा समेत चल्ने गरेको उनको दाबी छ । ५ वडा रहेको गाँउपलिकामा गाडी मर्मत र तेल खर्च अत्यधिक रहेको उनले बताइन । काम त्यति धैरै नहरेको गाँउपलिकाको गाडी २४ घण्टा कसैको स्वास्नी बोक्ने कसैको घास बोक्ने , रक्सी बोक्ने , चुरोट बोक्ने गरेको उनको आरोप छ । गाडीमा उनले चुरटको डब्बा नै फेला पारेको समेत बताईन ।
‘काम गर्दा गाडी नदिने ,नहुने । व्यक्तिका लागि जतिबेला नि गाडी जतिबेला नि हुने भएपछि मैले चाबी खोसेको हूँ ‘ नाथले भनिन ‘अस्ती विदाको दिन शेभाताल लगे ,त्यहा बाट महेन्द्रनगर गए । विदाको दिन पनि गाडी चलेकै हुन्छ ।‘ गाँडीको तेल र मर्मत खर्च पलिकाले धान्नै नसक्ने गरि ४२ लाख आएको उनको भनाई छ ।
उनले आफुले प्रदेशबाट पाउनु पर्ने सेवा सुविधा नलिएको दाबी गरिन । उनले हामि गाँउपलिका अन्तरगतका जति पनि जनप्रतिनिधिलाई घर आउजाउ गर्न इन्धनको खर्च ९ हजार दिइएको छ, त्यसको आफुले निजि गाडीमा पेट्रोल हाल्ने गरेको बताईन । उनले प्रदेशको कानुनमा आपुmलाई स्कुटी, १२५ लिटर पेट्रोल, १० लिटर मोविल गाडी मर्मत सबै पलिकाले गर्ने रहेपनि आफुले उक्त सुविधा नलिएको बताईन् । गाउँपालिका अध्यक्ष हरीशचन्द्र रानाले आफ्नो नाममा अभिलेखिकरण गरीएको गाडी पालिकाका अन्य जनप्रतिनिधि, कर्मचारी सबैले आवश्यकताको आधारमा मात्रै चलाईरहेको बताए । अध्यक्ष राना गाडीको दुरुपयोगको विषयमा केहि बोलेनन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।