नयाँ खबर
महेन्द्रनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको प्रतिनिधि परिषद् बैठक आईतबार हुने तय भएको छ । नाँै जिल्ला अधिवेशनका प्रतिनिधि सहभागी हुने प्रतिनिधि परिषद् बैठक महेन्द्रनगरको ममताज पाटी प्यालेसमा आयोजना गरिएको नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष तथा पार्टी प्रचार विभाग प्रमुख जनकराज अवस्थीले बताए ।
उनका अनुसार बैठकमा नौँ अधिवेशनका दुई सय ६५ जनाको प्रतिनिधिको सहभागीता रहनेछ । प्रतिनिधि परिषद् बैठकमा एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहेका छन् ।
बैठकमा जिल्ला कमिटिको राजनीतिक प्रतिवेदन, संगठानीक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ । साथै परिषद् बैठकले पार्टीको अगामी रणनीति र कार्यक्रमबारे छलफल हुने उपाध्यक्ष अवस्थीले बताए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।