नयाँ खबर
परशुराम–जनताबाट निर्वाचित भएपछि जनताको सेवामा कटिबद्ध भएर लाग्ने शपथ खाएका डडेल्धुराका एक जना जनप्रतिनिधिले दलित युवामाथि कुटपिट र दुव्र्यहार गरेको आरोप लागेको छ ।
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–८ का वडाध्यक्ष दिनेश प्रसाद जोशीले सोही वडाका ३४ वर्षीय लोकेन्द्र बिकमाथि सार्वजनिकस्थलमा चप्पलले कुटपिट गरेको आरोप लागेको हो ।
पिडित लोकेन्द्र बिकका अनुसार,आफु बिरामीलाई मोटरसाइकलमा अस्पताल लैजाँदै गरेका बेला बाटोमा वडाध्यक्ष जोशीलाई भेटेपछि वडाध्यक्ष सँग उपचारसम्बन्धी सल्लाह लिन रोकिएको र अध्यक्ष जोशीले एक्कसी बिकमाथि खुट्टाको चप्पल निकालेर प्रहार गरेका थिए। कुटपिटको क्रममा जोशीले ूतिमीहरु औकातमा बस हैसियतमा बस्ू भन्दै फोहोर शब्द र अपमानजनक शब्दहरु प्रयोग गरेको पीडित बिकले बताएका छन्।
सो घटनापछि न्याय खोज्न इलाका प्रहरी कार्यालय जोगबुढा पुगेका पीडित बिकलाई प्रहरीले सहयोग गर्नुको सट्टा उल्टै हतोत्साहित गरेको आरोप लागेको छ। बिकका अनुसार प्रहरीले उनको उजुरी दर्ता गर्न मानेनन्, बरु ूतिमीहरूलाई नै कारबाही हुन्छू भन्दै डर देखाए। यसले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको बिक को भनाइ छ।
यस घटनाप्रति नेपाल दलित मुक्त मोर्चा डडेल्धुराले कडा आपत्ति जनाएको छ। मोर्चाले ुएक दलित छोरामाथि यस्तो अपमान र हिंसा कदापि सह्य नहुनेु भन्दै न्यायका लागि प्रहरी प्रशासनले आवश्यक कदम नचाले प्रतिकार गर्ने चेतावनी दिएको छ।
सामाजिक सञ्जालमा अहिले यस घटनाको चर्को आलोचना भइरहेको छ । धेरैले ूहामीले भोट दिएर जिताएका जनप्रतिनिधिले यस्तै अपमान र हिंसा गर्छन् भने यो जनताको विश्वासमाथिको कुठाराघात होू भन्दै वडाध्यक्षको चर्को निन्दा गरेका छन्।
सत्ता र शक्तिको आडमा सर्वसाधारणमाथि हुने यस्तो अत्याचारको भण्डाफोर गर्दै पीडित लोकेन्द्र बिकले न्यायको लागि अझै पनि विभिन्न निकायमा गुहार मागिरहेका छन् । वडाअध्यक्ष जोशीले आफुमाथि राजनितिक प्रतिशोध राखि चरित्रहत्या गर्न खोजिएको प्रतिक्रिया दिएका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।