Advertisement

अमर शहिद भीमदत्त पन्तको ७२ औ स्मृति दिवस मनाईयो

महेन्द्रनगर – अमर शहिद भीमदत्त पन्तको ७२ औ स्मृति दिवस तथा भीमदत्त पन्त स्मृति प्रतिष्ठानको २४ औ बार्षिक साधारण सभा भव्यताकासाथ सम्पन्न भएको छ । शनिबार विहान कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४स्थीत अमर शहिद भीमदत्त स्मृति प्रतिष्ठानको भवनमा शहिद पन्तको ७२औ स्मृति दिवस भव्यताकासाथ मनाईनुका साथै विभिन्न निर्णय गर्दै प्रतिष्ठानको बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको हो । भीमदत्त पन्त स्मृति प्रतिष्ठानका अध्यक्ष हरी जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अतिथि तथा उपस्थीत सबैले अमर सहिद भीमदत्त पन्तको फोटोमा माल्यार्पण गरेका थिए । प्रतिष्ठानका पदाधिकारी, साधारण सदस्य, कर्मचारी, पत्रकारलगायतक विभिन्न राजनितिक दल तथा संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा प्रमुख अतिथि पुर्व उपसभामुख सभामुख भोजराज जोशी रहेका थिए भने पूर्व सांसद पुरन दयाल, पूर्व प्रदेशसभा सदस्य महेश दत्त जोशी, नेकपा एमालेका उपाध्यक्ष जनकराज अवस्थी, नेकपा माओवादीका नेता आनन्द धामी, नेपाल पत्रकार महासंघका अध्यक्ष सुरेश धामी अतिथि थिए । अतिथिहरुले भीमदत्त पन्तको योगदानमा प्रकाश पार्दै अहिलेको अवस्थामा पनि शहिद पन्तको विचारको महत्व बढेको बताए । प्रतिष्ठानको २४औ साधारण सभाबाट आगामी बर्षमा गर्ने विभिन्न कार्ययोजना पारित गरीएको छ । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव कर्ण बहादुर चन्दले गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष रामचन्द्र शाह, कार्यसमिति सदस्यहरू प्रदीप राना, शारदा भट्ट, चन्द्रा अवस्थी, साथै पार्वती जोशी, खेमराज जोशी, लक्ष्मी ताम्राकार, पद्मराज जोशी, जया दमाई, तिलकप्रसाद जोशी, सुमन चौधरी, सीमा चौधरी, आरती चौधरी, धनबहादुर बोहरा,रनि बिवस, बासुदेव भट्ट,पदम सिंह खडका, मदन गिरी लगायत दर्जनौं अभियन्ताहरूको उल्लेखनीय सहभागिता थियो ।
सहिद पन्तको जन्म १९८३ साल मंसिर १० गते डडेलधुराको कारिगाउँमा भएको थियो । मात्र २७ वर्षको उमेरमा राज्य र सामन्ती व्यवस्थाविरुद्धको लडाईंको क्रममा आफ्नै मित(जिगरी दोस्त) लालबहादुर थापा र भम्भा दयालको षड्यन्त्रमा क्रूर तरिकाले टाउको छिनालेर हत्या गरिएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् । ...
पूर्ण विजय न पूर्ण पराजय छ , केवल निरन्तर संघर्ष छ : अमेरिका -ईरान युद्व विराम

पूर्ण विजय न पूर्ण पराजय छ , केवल निरन्तर संघर्ष छ : अमेरिका -ईरान युद्व विराम

प्रेमचन्द्र झा - मरुभूमिको तातो हावामा इतिहास कहिल्यै पूर्ण रूपमा सुक्दैन; त्यहाँ सधैं केही न केही चिसोपन बाँकी रहन्छ—यादहरूको, पी...
डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्...
भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएक...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उ...
प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रीमण्डलमा ३३ प्रतिशत महिला प्रतिनिधित्व

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रीमण्डलमा ३३ प्रतिशत महिला प्रतिनिधित्व

महेन्द्रनगर – प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषमा पाँच जना मन्त्री बनेका छन् । कानून, न्याय तथा ...
कञ्चनपुरबाट चौधरी र रावल मन्त्री

कञ्चनपुरबाट चौधरी र रावल मन्त्री

महेन्द्रनगर – प्रधानमन्त्री बालेनशाहले मन्त्रीमण्डल गठन गरेको छ । आज शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट सपत ग्रहण गरेका प्रधान...
कञ्चनपुरबाट रावल र चौधरी मन्त्री बन्दै

कञ्चनपुरबाट रावल र चौधरी मन्त्री बन्दै

महेन्द्रनगर – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ तथा संसदीय दलका नेता (बालेन्द्र) बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज