काठमाडौँ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कोभिशिल्डको पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो खोप भोली सोमबार र मंगलबार काठमाडौंमा लाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन २२ गतेको निर्णया नुसार काठमाडौं महानगरपालिका सहित कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, दक्षिणकाली, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका कोभिशिल्डको दोस्रो डोज पाउनु पर्ने नागरिकलाई खोप लगाउन लागिएको हो ।
स्वास्थ्य कार्यालयले विद्युतीय दर्ता अनिवार्य रुपमा गराइ स्वास्थ्य मापदण्ड पालना गरेर खोप लगाउने कार्य गर्न अनुरोध पनि गरेको छ । उल्लेखित नगरपालिकाको खोप केन्द्र यसअघि भेरोसेलको दोस्रो मात्रा लगाउँदा कायम भएका केन्द्रहरु नै तय गरिएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।