बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास
नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पहिरो वर्षादमा बढ्न थालेपछि बस्ती, खेतीयोग्य जमिन, सडक तथा खानेपानीका संरचना जोखिममा परेका छन्।
स्थानीय नरेश बोहराका अनुसार २०७८ साल कात्तिकदेखि वर्षायाममा निरन्तर बग्दै आएको पहिरो यस वर्ष साउन २६ गते साँझ करिब ७ बजेदेखि थप सक्रिय भएको हो। पहिरो गाउँको मध्यभागबाट खस्न थालेपछि स्थानीयवासीको घर तथा खेतीयोग्य जमिन जोखिममा परेको छ।
पहिरोका कारण उद्धव बोहराको घर विस्थापित भइसकेको उनले बताए । त्यसैगरी रामसिंह बोहरा, मीना बोहरा, धन्वा बोहरा, गम्भीरसिंह बोहरा, कृष्ण बोहरा र चक्र बोहराको घरसमेत पहिरोको जोखिममा परेको छ।
पहिरोले स्थानीयको करिब ५०–६० रोपनी खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। कैलास बोहरा, नरबहादुर बोहरा, भनुवा बोहरा, सलेन्द्र बोहरा, जयसिंह बोहर...











