१४ महिला आइतबारदेखि सम्पर्कविहीन
महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकुञ्जको मालुबेला पोष्टबाट आइतबार च्याउ खोज्न गएका थिए ।
च्याउ खोज्न जानेमा बागफाँटाका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन् । उनीहरू अहिलेसम्म पनि सम्पर्कविहीन छन् ।
उनीहरूको नेपाली सेना र प्रहरीले खोजी उद्दार कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी नेत्रमणी गिरीले बताए ।
आइतबार च्याउ टिप्न गएका उनीहरू साँझसम्म पनि घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो ।...












