Advertisement

Day: १७ जेष्ठ २०८३, आईतवार

कञ्चनपुरमा पत्रकारलाई प्रेस ज्याकेट र क्याप वितरण

कञ्चनपुरमा पत्रकारलाई प्रेस ज्याकेट र क्याप वितरण

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले जिल्लाका क्रियाशील पत्रकारहरूलाई प्रेस ज्याकेट र क्याप वितरण गरेको छ । भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले क्रियाशिल पत्रकारहरुलाई प्रेस लेखेको ज्याकेट र टोपी वितरण गरेको हो । सक्रिया पत्रकारहरुलाई समाचार संकलन तथा रिपोर्टिङका क्रममा हुने सम्भावित असहजता न्यूनीकरण गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले भीमदत्त नगरगर संग सहकार्य गरी सय÷सय थान ज्याकेट र टोपिको व्यवस्था गरी वितरण गरेकोले उक्त सामाग्रिको सही सदुपयोग गर्न पत्रकार महासंघका अध्यक्ष सुरेश सिंह धामीले आग्रह गरे । विपद्, दुर्घटना, आन्दोलन तथा अन्य संवेदनशील अवस्थाहरूमा समाचार संकलन गर्दा पत्रकारको पहिचान र सुरक्षाका लागि यस्ता सामग्री अत्यन्त उपयोगी हुने अध्यक्ष धामीले बताए । महासंघका सचिव कुन्दन पाण्डेयले सामग्रीको उचित ...
अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारदेखि सुरु भएको अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत दोस्रो दिनको पहिलो खेलमा शान्ति निकेतन मावि फराकिलो रन अन्तरले विजयी भएको छ । शान्ति निकेतनले डाईमण्ड एकेडेमिलाई ८६ रन अन्तरले पराजित गरेको हो । टस हारेर व्याटिङ्गको निम्तो पाएको शान्ति निकेतनले १८ ओभरमा अलआउट हुदै १ सय १२ रन बनाएको हो । एक सय १३ रनको लक्ष पछयाउदै जवाफी व्याटिङ्ग गरेको डायमण्ड एकेडेमि ७ ओभरमै अलआउट हुदै मात्र २६ रनमा समेटिएको हो । डाईमण्डलाई सस्तैमा समेट्ने क्रममा शान्ती निकेतनका कप्तान ईशान दौल्यालले ७ विकेट लिए । चार ओभर बलिङ्ग गरेका उनले १४ रनमात्रै खर्चेका थिए । शान्ती निकेतनका ईशान दौल्याल लाई म्यान अफ द म्याच भएका हुन् ।...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन् । उनी त्यसअघि कञ्चनपुर जिल्लाको ईञ्चार्ज थिईन् । नेकपा एमालले अहिले संगठन सुदृढीकरण, जनपरिचालन तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउन विभिन्न जिल्लाका लागि जिम्मेवारी बाँडफाँट गरेको छ । त्यसै सिलशिलामा कञ्चनपुर जिल्लामा पनि जिल्ला ईञ्चार्ज तोकिएको छ । कञ्चनपुरमा जिल्ला ईञ्चार्जको जिम्मेवारी कृपाराम रानालाई दिएको छ । एमाले ११ औ महाधिवेशनबाट पाल, राना र कमला बोहरा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनीहरुमध्ये रानालाई कंचनपुर इन्चार्ज बनाइएको हो । पाल र बोहरा दुबै अध्यक्ष ओली निकट नेता हुन । पाल अध्यक्षको सचिवालय प्रमुख भएपछि बोहरा इन्चार्ज हुने अनुमान गरिएको थियो । बोहरालाई यस अघि फागुन २१ गतेको निर्वाचनमा कंचनपुर १ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिए...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

Breaking News 1, samachar, ट्रेन्डिङ, बागमती, समाचार
काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रिय हितविपरीत रहेको बताएका छन्। आचार्यले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले संसद्को रोस्ट्रमबाट “नेपालले पनि अरूको सीमा मिचेको छ” भन्ने अभिव्यक्ति दिनु अत्यन्तै खेदजनक रहेको उल्लेख गरेका छन्। उनका अनुसार ऐतिहासिक दस्तावेज, नक्सा र तथ्यहरूले नेपालको भूमि अतिक्रमणमा परेको विषयलाई स्पष्ट रूपमा देखाउने भएकाले प्रधानमन्त्रीको भनाइले भ्रम सिर्जना गरेको छ। उनले आफ्नो देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने जिम्मेवारीमा रहेको नेतृत्वबाट नेपाललाई नै दोषी देखाउने अभिव्यक्ति आउनु राष्ट्रिय हितमाथिको गम्भीर आघात भएको बत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज