१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो
महेन्द्रनगर – कञ्चनपुर जिल्लामा पनि १३७ औ मजदुर दिवस मनाईएको छ । शुक्रबार महेन्द्रनगरमा बजारमा ¥याली प्रदर्शन तथा कोण सभा गरी मजदुरका विभिन्न संघ संगठनहरुसहित सरकारी गैर सरकारी संस्थाहरुले अन्तराष्टिय मजदुर दिवस मनाएको हो ।
नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल ट्रेड यूनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र समाजवादी ट्रेड युनियन महासंघ नेपालले संयुक्तरुपमा कार्यक्रम गरेका छन् ।
https://youtu.be/WLPBVIYiWo8?si=IoAoV3_AfBomYKpY
उनीहरुले महेन्द्रनगरको गल्ली नं. १ बाट ¥यालि निकालेर बजार परिक्रमा गरी स्मारकमा कोण सभा गरी श्रमीक दिवस मनाएको छ । नेपाल ट्रेड युनियन कांग्रेस कञ्चनपुरका अध्यक्ष मालति पन्त, नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) अध्यक्ष भोज सिंह ऐर, अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला ईञ्चार्ज पदम राज जोशी र समाजवादी ट्रेड युनियन महासंघ नेपाल जिल्ला अध्यक्ष प्रितम सिले ...











