एमाले उमेदवार डा दिपक भट्ट को हुन ?
एमालेबाट दोस्रो पटक प्रतिनिधि सभा सदस्यको टिकट पाएका डा दिपक प्रकाश भट्टको २०२९ साल साउन २७ गते बैतडीको दशरथचन्द नगरपालिका–१, शाहीलेकमा महादेव र नन्दादेवी भट्टको कोखमा जन्मा भएको हो ।
अहिले डा भट्ट कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा स्थायी रूपमा बसोबास गर्दै आएका छन् । २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन क्षेत्र नं. ३ कञ्चनपुरबाट पुर्व गृहमन्त्री रमेश लेखकलाई पराजित गर्दै सांसदको यात्रा तय गरेका डा भट्टले दोधारा चादनीका स्थानीयको आवाज सांसदमा बुलन्द गरेका थिए । उनले महाकाली नदी, शुक्लाफाटा बन्यजन्तुबाट आजित स्थानीयका आवाज सांसदमा बोलेका थिए भने यहाका पर्यटकिय स्थल प्रबद्धन गर्न मजगाउ एयरपोर्ट निर्माण, गेटामा चिकत्सा विश्वविद्यालय स्थापनका लागि खेलेको भुमिका महत्वपूर्ण छ ।
लामो राजनीतिक अनुभव, उच्च शैक्षिक पृष्ठभूमि र नीतिगत स्पष्टता सहित शालीन तथा भद्र छविका भट्टलाई एमालेले ...











