Advertisement

एमाले उमेदवार डा दिपक भट्ट को हुन ?

एमालेबाट दोस्रो पटक प्रतिनिधि सभा सदस्यको टिकट पाएका डा दिपक प्रकाश भट्टको २०२९ साल साउन २७ गते बैतडीको दशरथचन्द नगरपालिका–१, शाहीलेकमा महादेव र नन्दादेवी भट्टको कोखमा जन्मा भएको हो ।
अहिले डा भट्ट कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा स्थायी रूपमा बसोबास गर्दै आएका छन् । २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन क्षेत्र नं. ३ कञ्चनपुरबाट पुर्व गृहमन्त्री रमेश लेखकलाई पराजित गर्दै सांसदको यात्रा तय गरेका डा भट्टले दोधारा चादनीका स्थानीयको आवाज सांसदमा बुलन्द गरेका थिए । उनले महाकाली नदी, शुक्लाफाटा बन्यजन्तुबाट आजित स्थानीयका आवाज सांसदमा बोलेका थिए भने यहाका पर्यटकिय स्थल प्रबद्धन गर्न मजगाउ एयरपोर्ट निर्माण, गेटामा चिकत्सा विश्वविद्यालय स्थापनका लागि खेलेको भुमिका महत्वपूर्ण छ ।

लामो राजनीतिक अनुभव, उच्च शैक्षिक पृष्ठभूमि र नीतिगत स्पष्टता सहित शालीन तथा भद्र छविका भट्टलाई एमालेले पुनः कञ्चनपुर–३ बाट उम्मेदवार बनाएको छ । उनीसँग यो क्षेत्रमा नेपाली कांग्रेसले पूर्व जिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ । यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट मानबहादुर सुनार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ज्ञानेन्द्र महता तथा राप्रपाबाट पूर्णबहादुर चन्द चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा कञ्चनपुर–३ बाट कांग्रेस नेता रमेश लेखक विजयी भएका थिए । उनले ३० हजार ५७५ मत पाएका थिए । लेखकका निकटतम प्रतिद्वन्द्वी एमाले नेतृ निरुदेवी पालले १८ हजार ४८५ मत ल्याएकी थिइन् ।
अहिले रमेश लेखक र निरुदेवि पाल चुनावि मैदानमा छैनन् । रमेश लेखक र डा दिपक प्रकाश भट्ट मामपुसे दाजुभाई हुन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज