कञ्चनपुरमा सडक दुर्घटनाबाट तिन जनाको मृत्यू, ११८ जना घाईते
महेन्द्रनगर– कञ्चपनुर जिल्लामा सवारी दुर्घट्नाबाट मंसिर महिनामा तिन जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार मंसिर महिनाभरी जिल्लामा ७४ वटा सडक दुर्घट्नामा परी तिन जनाको मृत्यू भएको छ भने ११८ जना घाईते भएका छन् । मंसिर महिनामा ट्राफिक नियम उलंघन गर्ने ६४८ सवारी साधनहरु कारवाहिमा परेका छन् । उनीहरुबाट ४ लाख ७२ हजार ५ सय रुपया राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
त्यसैगरी जिल्लामा प्रहरीले ८८ लाख १२ हजार १०६ रुपया मूल्य बरावरको भन्सार छलीको सामान बरामद गरेको छ । कञ्चपनपुर जिल्लामा ३ पुरुष, ३ महिला र एक जना बालिका गरी ७ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । खैरो हिरोईन २२ दशमलव २८ र १८ दशमलव १८ ग्राम चरेश बरामद गरेको छ भने दुई जना महिला र ३१ जना पुरुष गरी ३३ जना लागुऔषध सेवनकर्ता पक्राउ गरीएको छ ।
कञ्चनपुर जिल्लामा अनलाईन मार्फत २१,...














