२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
काठमाण्डौ – पूर्वसभामुख कृष्णबहादुर महरा धरौटी बुझाएर रिहा भएका छन् । भेपमार्फत सुन तस्करीमा दोस्रोपटक पक्राउ परेका उनलाई उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएका महरा ३० नम्बर फाँटमा तारिख लिएर छुटेका हुन्। उच्चका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महारामाथिको आरोप र उनको उमेर समेत विचार गरी धरौटीमा छाड्ने आदेश दिएको थियो ।...













