पौने पाँच क्विन्टल गाँजा सहित दुई जना पक्राउ
धनुसा–धनुसा जिल्लाको विदेह नगरपालिका–३ जोगियाराबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । मंगलबार धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. १ का २४ बर्षिय बिराज गुम्बार बाँके कोहलपुर पार्वतीपुर बस्ने १८ बर्षिय किशोर ४ सय ७५ किलोग्राम गाजासहित पक्राउ परेका हुन् । वीरेन्द्रबजारबाट आउँदै गरेको प्र.३÷०१–०२४ च ८३२५ नम्बरको पिकअप गाडीमा लागूऔषध गाँजा ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ विरेन्द्र बजारबाट चालक विराज र सहचालक किशोरलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएपछि मात्रै उनीहरूले धरानबाट उक्त गाडीमा
लागूऔषध गाँजा ल्याई विदेह नगरपालिका–३ जोगियारास्थित ईट्टा भट्टामा राखेको भन्ने खुलेको र त्यसपछि मात्रै उक्त स्थानबाट १९ वटा पोकामा रहेको उक्त परिमाणको गा...














