Advertisement

Day: २५ भाद्र २०८२, बुधबार

लुटपाटमा संलग्न विभिन्न स्थानबाट २७ जना पक्राउ, उनीहरुको साथबाट ठूलो परिमाणमा हहियार बरामद

लुटपाटमा संलग्न विभिन्न स्थानबाट २७ जना पक्राउ, उनीहरुको साथबाट ठूलो परिमाणमा हहियार बरामद

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ–नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएपछि लुटपाट र आगजनी जस्ता विध्वंसात्मक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ । मंगलबार रातिदेखि बुधबार बिहानसम्मको कारबाहीमा सेनाले ठूलो परिमाणमा नगद र हतियारसहित मानिसहरुलाई पक्राउ गरेको हो । सेनाले जारी गरेको सुरक्षा अपडेट अनुसार मंगलबार राति १० बजेदेखि बुधबार बिहान १० बजेसम्मको अवधिमा काठमाडौंसहित देशका विभिन्न स्थानमा लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले अराजक गतिविधिमा संलग्न रहेका व्यक्तिहरु पक्राउ गरीएको सेनाले जनाएको छ । कारबाहीका क्रममा काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूको साथबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद गरिएको छ । यसैगरी, सुरक्षाकर्मीले काठमाडौंका विभिन्न स्थानबाट २३ नाल र पोखराबाट ८ नाल गरी जम्मा ३१ नाल विभिन्न किसिमका हतियार, म्यागजिन र गोलीगठ्ठा बरामद गरेको छ।...
देशभर निषेधाज्ञा र कर्फ्यू

देशभर निषेधाज्ञा र कर्फ्यू

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाण्डौ–नेपाली सेनाले बुधबार साँझसम्म देशभर निषेधाज्ञा र त्यसपछि भोलि विहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा अराजक र हिंसात्मक गतिविधि बढेपछि शान्ति सुरक्षाका लागि उक्त कदम चालिएको सेनाले जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै भदौ २५ गते साँझ ५ बजेसम्म निषेधाज्ञा र त्यसपछि भदौ २६ गते बिहान ६ बजेसम्म कर्फ्यू लगाईएको जनाएको छ । सेनाले आन्दोलनको नाममा विभिन्न व्यक्ति तथा समूहहरूले व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा घुसपैठ, तोडफोड, आगजनी, लुटपाट र बलात्कारको प्रयास जस्ता गम्भीर आपराधिक क्रियाकलाप गरिरहेकोले देशको समग्र शान्ति सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू लगाईएको स्पष्ट पारेको छ । निषेधाज्ञा र कर्फ्यू अवधिभर एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधन जस्ता अत्यावश्यक सेवाहरू सञ्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज