लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिबारे चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री चासो
महेन्द्रनगर–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा आफ्नो आपत्ति रहेको चिनियाँ राष्ट्रपति सी चीनफिङसँग राखेका छन् । शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भएको थियो।
भेटमा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले स्पष्टरुपमा आपत्ति जनाएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।
भेटमा ओलीले भने,ʻसन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालको भएको स्पष्ट छ। यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ।ʼ...











