भीमदत्तले अवैध संरचना हटाउन दशै तिहार पर्खिदै
महेन्द्रनगर – भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले नगरपालिका क्षेत्रका अवैध संरचना हटाउने कार्य फेरि सुरु गरिने बताएका छन् ।
दशैं तिहारपछि अवैध संरचना खाली गर्ने कार्य सुरु हुने नगर प्रवक्ता अवस्थीले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । भीमदत्त नगर विकास समितिको जग्गा अवैध अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य रोकिएको एक वर्ष बढी पुगेको छ । भीमदत्तले होटेल ओपेरा पछाडिमा संरचना हटाउन सुुरु गरी दुई वर्ष अघि अतिक्रमण खाली गर्ने अभियान सुरु गरेको थियो । अवैध संरचना निर्माण गरेकालाई दशैतिहार पर्खिने जानकारी दिएका छन् ।
तत्कालिन गृह मन्त्री रबि लामिछानेले देशभर अतिक्रमति सरकारी जग्गा फिर्ता ल्याउने घोषणा गरेपछि भीमदत्तमा अतिक्रमण हटाउने अभियान सुरु भएको थियो । भीमदत्तका नगर प्रवक्ता अवस्थीले हटाउन बाँकी अवैध संरचना हटाउने बताएका हुन् । उनले अवैध संरचना हटाएर खाली ग...












