भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर सुदूरपश्चिम प्रदेशभरीमा उत्कृष्ठ, कृषि ज्ञान केन्द्रमा डोटी
महेन्द्रनगर– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर उत्कृष्ठ विज्ञ केन्द्रको रुपमा सम्मानित भएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१।८२ मा संचालन गरेका कार्यक्रमहरुको वार्षिक प्रगतिको मुल्यांकनको आधारमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र कञ्चनपुर सुदूरपश्चिम प्रदेशभरी कै उत्कृष्ठ विज्ञ केन्द्रको रुपमा प्रशंसा पत्र सहित सम्मानित भएको हो ।
त्यसैगरी आर्थिक वर्षभित्र संचालन गरेका कामहरुको मुल्याङ्कनको प्रस्तुतिकरणलाई नै आधार मानेर कृषि ज्ञानकेन्द्रहरु मध्ये कृषि ज्ञान केन्द्र डोटी उत्कृष्ठ भएको छ । त्यसैगरी एक जना अग्रणी कृषकरुपमा तरकारी जर्मप्लाज्म डडेल्धुराका कृषकलाई सम्मान गरिएको छ ।
संचालन भएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१।८२ मा संचालन गरेका कार्यक्रमहरुको वार्षिक प्रगति समिक्षा गोष्ठीमा सुदुरपश्चिम...











