उच्च अदालत दिपायलद्वारा ५ सय ६५ वटा मुद्दा फर्छ्यौट
महेन्द्रनगर–उच्च अदालत दिपालय महेन्द्रनगरले चालु आर्थिक वर्षको असार २४ गते मंगलबार विहानसम्म ५ सय ६५ मुद्धा फछयौट गरेको छ । मंगलबारसम्म उच्च अदालत दिपायल महेन्द्रनगरले दर्ता भएको कुल मुद्धाको ६८ दशमलव ८२ प्रतिशत फछयौट गरेको हो ।
अघिल्लो आर्थिक वर्षका बाँकी रहेका २१२ वटा मुद्दासहित नयाँ दर्ता भएकाबाट तीन सय ५३ मुद्दासहित असारको २४ गतेसम्म ५६५ मुद्दा फर्छ्यौट भएको उच्च अदालत दिपायल, महेन्द्रनगर इलसालका रजिष्ट्रार जनक सिंह बोहराले बताउनुभयो । उनका अनुसार २ सय ५६ वटा मुद्धा फछयौट हुन बाँकि रहेका छन् ।
अघिल्लो आर्थिक वर्षका बाँकी रहेका दुई सय १२ वटा मुद्दा रहेकोमा सबै फर्छ्यौट गरीएको रजिष्ट्रार बोहराले बताउनुभयो । यस्तै, अघिल्लो महिना सम्म ५८९ नयाँ दर्ता, असार २४ गतेसम्म २० मुद्दा गरी उच्च अदालत दिपायल, महेन्द्रनगरमा ८२१ मुद्दा दर्ता भएका छन् । जसमध्ये नयाँबाट ३५३ मुद्दा फर्छ्यौट भएको रजि...











