नयाँ खबर
महेन्द्रनगर–ग्लोबल आईएमई बैँक लम्की शाखाका प्रबन्धक हरिस चन्द्र भट्ट कार्यालयमा नै कुटिएका छन् । लम्कीस्थित शाखा प्रबन्धक भट्ट बिहिवार कार्यालयमा नै कुटिएका हुन्। भट्टले इलाका प्रहरी कार्यालय, लम्कीमा कार्यालयमा नै कुटपिट भएको उजुरी दिएपछि अमित भण्डारी पक्राउ परेका छन् ।बैँकर्स क्लब लम्कीले शुक्रबार ध्यानाकर्षण पत्र सार्वजनिक गरेको छ । क्लबले कार्यालय समयमा नै शाखा प्रबन्धकमाथि गालीगलौज र कुटपिट भएको जनाएको छ । बैँकका कर्मचारीको स्वतन्त्र रूपमा काम गर्ने वातावरणमाथि हस्तक्षेप भएको आरोप क्लबले लगाएको छ । घटनामा संलग्नमाथि कडा कारवाहिको माग गरीएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।