शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख महराका तिन बर्ष
महेन्द्रनगर–संघिय गणतन्त्र स्थापना पछि स्थानीय तहको ऐतिहासिक दोस्रो निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भयो । जुन निर्वाचनबाट स्थानीय तहमा नयाँ नेतृत्व आएको थियो । उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको ५ बर्षे कार्यकालको तिन बर्ष समयावधि पुरा भएको छ । कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख राण बहादुर महराले आफु नेतृत्वमा तिन बर्षको समावधिमा के कति निर्वाचनताका मतदातासंग गरेका प्रतिबद्धता पुरा गरे ? त्यसवारे सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् ।
उहाँले आफ्नो कार्यकालका तिन बर्षको समावधिमा मतदातासंग गरेका आफुले गरेका अधिकांस चुनावि प्रतिबद्धता पुरा गरेको बताउनुभयो । उहाँले यो तिन बर्षको सबैराम्रो उपलब्धि शैक्षिक क्षेत्रमा हासिल गरीएको बताउनुभयो । शिक्षक दरबन्दी मिलान, विषयगत शिक्षकलाई प्रधानाध्यापक नियुक्ति, कक्षा ८ र एसईई परीक्षाको नतिजा सुधार लगायतका कार्य गरिएको...












