जलेको अवस्थामा मोटरसाईकल सहित दुग्ध व्यवसायीको शव फेला
काठमाण्डौ–कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरस्थित घटियाघाट सडक छेउमा जलेको अवस्थामा एक जना दुग्ध व्यवसायीको शव फेला परेको छ।
मंगलबार बिहान करिब ६ः४५ बजे तिर तोरीको भुसमा लागेको आगोमा जलेको अवस्थामा मोटरसाइकलसहित शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
उहाँका अनुसार शव बेलडाँडी गाउँपालिका वडा नं. ३ का ५० बर्षिय दुग्ध व्यवसायी हरीकिसन रानाको भएको पुष्टि भएको छ । राना आज मंगलबार विहान ४ बजे कोलकाता जाने भन्दै मोटरसाईकलमा घरबाट हिँडे परीवारीक स्रोतबाट जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालयकाका प्रमुख एसपि जोशीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ।...













