मन्त्र अस्पतालमा नवजात तथा बालरोग विशेषज्ञ चिकित्सकद्धारा सेवा सुरु
महेन्द्रनगर–मन्त्र अस्पतालले नबजात शिशु तथा बालरोग बिषेशज्ञ चिकित्सक सेवा शुरु गरेको छ । नबजात शिशु तथा बालरोग बिषेशज्ञ डा. रबि ढकाललाई भित्तयाएर मन्त्र अस्पतालले नवजात शिशु तथा बालरोग विषेशज्ञ चिकित्सक सेवा सुरु गरेको हो । डा. ढकालले कलेजो रोग सम्बन्धि बालबालिकाको उपचार शुरु गरेको जनाएको छ । स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा सेवा गरेको अनुभव डा. ढकालसंग रहेको मन्त्र अस्पतालले जनाएको छ ।
अस्पतालमा विशेषज्ञ र मेडिकल गरी १५ सहित ६५ जना दक्ष जनशक्तिले सेवा प्रदान गरीरहेका छन् ।
महिनामा मेजर र मुख्य शल्यक्रिया गरिने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. गोबिन्द रोकायाले बताउनुभयो । ओपिडिमा दैनिक ७५ देखि ८० जना सम्म आउने गरेको र एमर्जेन्सिमा २० जना जति सेवाग्राही आउने गरेका छन् । अस्पतालले हाडजोर्नी लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ । विभिन्न रोगको फुल टाईम र पार्ट टाइम...












