Advertisement

Day: २७ चैत्र २०८१, बिहीबार

सुदूरपश्चिम विश्वविद्यालयका १२ क्याम्पसको स्ववियू निर्वाचन नतिजा सार्वजनिक, नेविसंघले ७, अनेरास्ववियूले ५ क्याम्पसमा सभापति जित्दा अखिल क्रान्तिकारी निल

सुदूरपश्चिम विश्वविद्यालयका १२ क्याम्पसको स्ववियू निर्वाचन नतिजा सार्वजनिक, नेविसंघले ७, अनेरास्ववियूले ५ क्याम्पसमा सभापति जित्दा अखिल क्रान्तिकारी निल

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयका १२ आंगिक क्याम्पसको स्ववियू निर्वाचनको नतिजा सार्वजनिक भएको छ । सुप विश्वविद्यालयका १४ आंगिक क्याम्पसमा चैत्र २७ गते स्ववियू निर्वाचन भएको थियो । नतिजा सार्वजनिक भएका क्याम्पसमध्ये ७ क्याम्पसमा नेपाली कांगेस निकटको नेविसंघ, एमाले निकटको अनेरास्ववियूले ५ क्याम्पसको स्ववियू सभापतिमा जित दर्ता गर्दा अखिल क्रान्तिकारी भने निल भएको छ । कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरीया, बैतडीको जगन्नाथ बहुमुखि क्याम्पस गोठलापानी, मणिलेक क्याम्पस, डडेल्धुराको त्रिवेणी बहुमुखि क्याम्पस जोगबुडा, दार्चुला बहुमुखी क्याम्पस, डोटीको स्तिाराम बहुमुखी क्याम्पस, बाजुराको बडीमालिका बहुमुखी क्याम्पसमा नेविसंघले सभापति जित्दा अनेरास्ववियूले बझाङको जयपृथ्वि बहुमुखी क्याम्पस, बैतडीको पाटन बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस, डोटीको घण्टेश्वर बहुमुख...
सरकार र शिक्षक महासंघबीच वार्ता सुरु

सरकार र शिक्षक महासंघबीच वार्ता सुरु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, शिक्षा, समाचार
महेन्द्रनगर –२० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष एवं आन्दोलनका संयोजक नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ । सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छ । वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक नै कब्जा गरेर आन्दोलन गरिरहेका छन् । यसअघि मुख्य लेनमा मात्रै प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।...
बैतडीको पाटन बहुमुखी क्याम्पसमा नेवि संघले विरासत जोगाउन सकेन, सभापतिमा अनेरास्ववियूका भण्डारी विजयी

बैतडीको पाटन बहुमुखी क्याम्पसमा नेवि संघले विरासत जोगाउन सकेन, सभापतिमा अनेरास्ववियूका भण्डारी विजयी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
किरन चन्द, बैतडी – बैतडीको पाटन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ । सभापतिमा अनेरास्ववियुका सञ्जय भण्डारी विजयी भएका हुन् । अघिल्लो स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको थियो । सभापतिमा भण्डारी १०५ मतका साथ विजयी भएक हुन् । भने उनका प्रतिस्पर्धि जनजागरण स्वतन्त्र विद्यार्थी युनियनका गौतम प्रसाद अवस्थीले ५६ मत, नेविसंघका माधवी भट्टले १६ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृत उत्तम भण्डारीले जानकारी दिए । सचिवमा अखिल क्रान्तिकारीका प्रकाश भट्ट विजयी भएका छन् । उनले ९२ मत प्राप्त गरे भने उनका निकतम प्रतिस्पर्धी जनजागरणकी कमला भट्टराईले ५६ मत ल्याइन । त्यसैगरी नेवि संघका चाहना विष्टले २६ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियुका गजेन्द्र चुनाराले १०७ मत ल्याउ...
विदेशी मुद्रा सञ्चिति २४ खर्ब नाघ्यो

विदेशी मुद्रा सञ्चिति २४ खर्ब नाघ्यो

अर्थ, समाचार
महेन्द्रनगर–मुलुकमा विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय विवरणअनुसार असार मसान्तको तुलनामा यस्तो सञ्चिति १८ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा भने १३।१ प्रतिशत बढेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १७ अर्ब २७ करोड पुगेको छ । आर्थिक वर्ष २०८१र८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७।२ महिनाको वस्तु आयात र १४।३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज