Advertisement

बाढीपिडितहरुलाई राहत लगाएत पुर्निर्माण र दीर्घकालीन योजनाहरुको बारेमा एमालेको ज्ञापन

पप्पु गुरुङ्ग, दोधारा । नेकपा एमाले दोधारा चाँदनीले महाकाली नदी र जगबुडा नदीको बाध नाघेर गाँउ बस्तीमा पसी जनताको बस्ने घर, वस्तुभाउ, कुखुरा, लत्ताकपडा, भाडाकुडा, आद्यान्न सामाग्री, खेतमा लगाईएको अन्नवाली तथा विकासका पुर्वाधारहरुमा पुर्‍याएको क्षतीको बिषयलाई लिएर आज दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई ज्ञापन पत्र बुझाईएको छ् । बाढीपिडितहरुलाई राहत तथा बिकासका निमार्ण लगाएतका संरचना पुर्निर्माणको दीर्घकालीन योजनाकाहरुको बिषयलाई लिएर नेकपा एमाले दोधारा चाँदनीले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई ज्ञापन पत्र बुझाएको नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष गणेश सिंह भाटले जानकारी दिएका छन् । आज दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेर नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा दोधारा चाँदनीका नगर ईन्चार्ज गगन खत्री, नेकपा एमाले नगर अध्यक्ष गणेश सिंह भाट, उपाध्यक्ष ओंम प्रकाश रोकाया, नगर सचिव सागर क्षेत्री, नगर उपसचिव शम्भुराज भट्ट लगाएत नेकपा एमालेको एक टोलीले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई बाढीपिडितहरुलाई राहत तथा बिकासका निमार्ण लगाएतका संरचना पुर्निर्माणको दीर्घकालीन योजनाकाहरुको बिषयमा ज्ञापन पत्र बुझाएको हो ।

‘बाढी र डुवानबाट प्रभावित जनताहरुलाई छिटो उचित किसिमको राहत प्रदान गर्नु पर्ने, माहाकाली र जोगबुडा नदीको तटबन्ध जीर्ण भएका स्थानमा मर्मत गर्न र वडा नं ९ को ढकनाघाट देखि कुतियाकवर सम्म माहाकाली नदीको तटबन्धको उचाई बढाउनु पर्ने, साथै जोगबुढा र माहाकाली नदीमा पक्की तटबन्ध निर्माणका लागि पहल गर्नु पर्ने, महाकाली र जोगबुडा नदीको विभिन्न स्थानहरुमा माटो, ढुङ्गा र बालुवाका अग्ला भूभाग रहेको, जसले गर्दा पानीको प्राकृतिक वहावमा अवरोध आएर नदीको पानी बस्तीमा पस्ने र तटबन्ध भत्काउने भएकाले उक्त अग्ला भूभाग उत्खनन गरी निकासी गर्नुपर्ने, वडा नं १० को शान्तीटोल र वैतिफाँटमा सुरक्षित आवास (सेफ हाउस) निर्माण गर्नुपर्ने, मलेरिया नालामा पानी अत्याधिक भई नाला छेउका जनताको जमिन कटान गर्ने हुदा मलेरिया नालाका बाँकी रहेका स्थानमा तटबन्ध निर्माण गर्नु पर्ने, बाढी तथा डुबान क्षेत्र कुतियाकवर लगाएतका स्थानमा अन्नबालीको सट्टा अन्य वैकल्पिक बाली लगाउने बारेमा सम्भाव्यता अध्ययन गरी सोको कार्यान्वयन गर्नु पर्ने, बाढी र डुवानका कारण भत्केका तथा क्षती पुगेका सडक कल्भर्ट र पुलको तत्काल मर्मत तथा पुर्ननिर्माण गर्नु पर्ने, बाढी र डुवानको उच्च जोखिम रहेका क्षेत्रमा सुरक्षित एकीकृत आवासको व्यवस्था गर्नु पर्ने, महाकाली तथा जोगबुढा नदीको किनारका वस्ती भएका ठाँउहरुमा सौर्य वत्ती जडान गर्नु पर्ने,

भारतको जलविद्युत आयोजना (नाला स्केप बाट छाडेको पानी जोगबुढा नदीमा मिसिने र यसले वडा नं ७ देखि तल कुतियाकवर सम्म हिउदको समयमा पनि जमिन कटान गर्ने, गाँउ, बस्तीमा पसेर बाढी तथा डुवान हुने भएको हुदा जोगबुढा नदीमा तत्काल तटबन्ध निर्माण गर्नु पर्ने, वडा नं. ३ को पटराखल्लामा बसोबास गर्ने २७ घर डुवानमा परेको र सो भूभाग जोगाउनका लागि तटबन्ध निर्माणका साथै सुरक्षित आवासको व्यवस्था गरिनु पर्ने, वडा नं. १० को १८ नम्बर पिल्लर बस्ती जोड्ने झोलुङगे पुलको उचाई नबढाएमा बाढीले बगाउने सम्भावना रहेकाले सो पुलको उचाइ बढाई पुर्ननिर्माण गर्न र वडा नं. ३ को बडुवाल टोल जोड्ने झोलुङगेमा बाढीले क्षती पुगाएका कारण सो पुलको तत्काल पुननिर्माण गरिनु पर्ने,

जोगबुढा नदीमा निर्माण गरिएको तटबन्धको चौडाइ कम भएको कारण पानी नअटाई बस्तीमा पस्ने गरेको हुदा नदी एरियाको चौडाइ पानीको प्राकृतिक बहाव अनुसार तटबन्ध निर्माण गर्नुपर्ने, वडा नं. १० को शान्ति टोल डुवानमा पर्ने हुदा सो टोल देखि तल कुतियाकवर सम्म शान्ति टोलतर्फ तटबन्धको उचाइ जमिन सतहसम्म मात्र बनाउनुपर्ने, बाढी आएको समयमा उद्धारमा प्रयोग गरिने मोटरवोट र अन्य उपकरणको प्रयाप्त व्यवस्था गरिनु पर्ने, जैविक तटबन्ध निर्माणका लागि आवश्यक बोट विरुवाको उपलब्धताका लागि नर्सरी निर्माणको अवधारणा अगाडी बढाउन माँग गर्दछौं’

नेकपा एमाले दोधारा चाँदनी नगर अध्यक्ष गणेश सिंह भाट हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज