Advertisement

नेपाल राष्ट्रिय तामाङ घेदुङले स्वर्गीय कुलमानको निधनप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

काठमाडौँ ।  नेपाल राष्ट्रिय तामाङ घेदुङले संस्थाका केन्द्रीय उपाध्यक्ष एवं समाजसेवी कुलमान लोप्चन तामाङको  निधनप्रति  श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । 

नेपाल राष्ट्रिय तामाङ घेदुङले मंगलबार केन्द्रीय कार्यालय बसुन्धरामा आयोजित एक कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीरबहादुर योञ्जन, महासचिव प्रबिन कुमार बल, पूर्व क्याप्टेन एवं नेपाल राष्ट्रिय तामाङ घेदुङका सल्लाहकार देब कुमार लामा, स्वर्गीय कुलमान लोप्चन तामाङका छोरा राजनसिंह तामाङ, धर्मगुरु साङग़े दोर्जे लामा, फुर्बा लामा,  बुद्ध लामा, आशिष रिजाल, नेपाल राष्ट्रिय तामाङ घेदुङ कुवेतका अध्यक्ष केशरी तामाङ, पूर्व खेलकुद प्रशिक्षक सिंह बहादुर तामाङ, महिला विभागका अध्यक्ष बबिता तामङ सहित केन्द्रीय सदस्यहरूको उपस्थितिमा स्वर्गीय कुलमान लोप्चन तामाङको तस्वीरमा मार्ल्या अर्पण गरेका थिए।

श्रद्धाञ्जली कार्यक्रममा पूर्व क्याप्टेन देब कुमार लामाले भौतिक शरीर नरहेपनि तामाङको सम्झना रहिरहने बताउँदै असामयिक निधनको खबरले मर्माहत बनाएको उल्लेख गरेका छन्।

त्यसैगरी स्वर्गीय कुलमानका छोरा राजनसिंहले आफ्ना बुवाको असामयिक निधनले मर्माहत भएको बताउँदै यस्तो घटना देश तथा बिदेशमा बस्नुहुने जो कसैलाई पनि नहोस भन्दै उहाँ हेर्दा निरोगी, मनमा निरोगी साच्चै असल व्यक्ति रहेको बताउँदै कोरोना भाइरससँग लड्दा लड्दै आफ्नो ज्यानको आहुति दिएको भन्दै स्वर्गीय बाबाको योगदानको बारेमा चर्चा गरेका थिए भन्ने, बाबाले गरिएको कामप्रति आफूले पनि निरन्तरता दिने बताएका छन् ।

राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीरबहादुर योञ्जनले स्वर्गीय कुलमान लोप्चन तामाङको परिवार र तामाङ  परिवारमा पर्न गएको पीडाप्रति दुःख व्यक्त गर्दै  मृताआत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। 

कुलमान लोप्चन तामाङको जन्म वि.सं. २०२३ साल साउन ५ गते काभ्रे शिखर आम्बोटे – ८ मा बुवा नारायण सि. तामाङ,  आमा सोम रानी तामाङको कोखबाट जन्म भई गत साउन २९ कोरोना संक्रमित भई उपचारको क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा ५५ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाख बराबरको बजेट ल्यायो

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाख बराबरको बजेट ल्यायो

महेन्द्रनगर – कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु। ९४ करोड ५५ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । ...
बेदकोट नगरपालिकाको १अर्ब ३ करोड बढी बजेट

बेदकोट नगरपालिकाको १अर्ब ३ करोड बढी बजेट

महेन्द्रनगर – कञ्चनपुरको बेदकोट स्थानीय सरकारले साढे डेढ अर्ब बढीको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष ०८३/०८४ का लागि बेदकोट नगरप...
दोधाराचाँदनी नगरपालिकाका जनप्रतिनिधीको सक्रियतामा ट्रान्सफारम जडान

दोधाराचाँदनी नगरपालिकाका जनप्रतिनिधीको सक्रियतामा ट्रान्सफारम जडान

दोधारा – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं २ कमलशा टोलमा जनप्रतिनिधिको सक्रियता र पहलमा ट्रानसफर्मर जडान गरीएको छ । उक्त ट...
बेलडाँडी गाउँपालिकाको ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाको ४१ करोड ६९ लाखको बजेट

महेन्द्रनगर–कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको १९औँ गाउँ सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ करोड ६९ लाख ७९ हजार रुपैयाँ बरा...
जिप दुर्घटनामा उपमेयरको मृत्यु

जिप दुर्घटनामा उपमेयरको मृत्यु

महेन्द्रनगर – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उममेयर मीनराज राना मगर सवारी दुर्घट्नामा परी दिवंगत भएका छन् । स्वर्गद्वारी–२ बाङ...
कृष्णपुरले ल्यायो आगामी वर्षका लागि १ अर्ब ९ करोड बजेट

कृष्णपुरले ल्यायो आगामी वर्षका लागि १ अर्ब ९ करोड बजेट

महेन्द्रनगर– कृष्णपुर नगरपालिकाले आगामी आर्थिक बर्ष २८३÷८४ का लागि १९ औँ नगर सभाबाट १ अर्ब ९ करोड रुपैँयाको बजेट ल्याएको छ । त्यसम...
कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

महेन्द्रनगर – लागू औषधसहित भीमदत्त नगरपालिकाकी वडा सदस्य पक्राउ परेकी छन् । शनिबार दिउसो ३ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं. १...
श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

कञ्चनपुर - कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज