Advertisement

नगर प्रमुख लिम्बुद्धारा अस्पतालको अनुगमन

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिमा रहेको नगर अस्पतालको अनुगमन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले नगर अस्पतालको आकस्मिक अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा नगर प्रमुख किशोर कुमार लिम्बुले अस्पतालमा रहेका बिरामीलाई दिईने उपचार सेवा, अस्पतालमा विरामीको लागी औषधीको प्रयाप्तता, चिकित्सा सामग्रीहरुको उपल्ब्धता लगाएतका विषयको जानकारी लिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख तथा नगर अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष किशोर कुमार लिम्बुले बताउनुभयो । दोधारा चाँदनी नगर अस्पताललाई नमुना अस्पतालका रुपमा विकास गर्ने लक्ष्य लिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । अस्पताल भित्रको फार्मेसी, ल्याब, बहिरंग विभाग, आकस्मिक उपचार कक्षलाई थप आधुनिक बनाउन अझै आवश्यक रहेको नगर प्रमुख लिम्बुले बताउनुभयो ।

अनुगमनमा उपचार गर्न आएका बिरामी र सवास्थ्यकर्मी संग अस्पतालमा भईरहेको सेवा सुबिद्याको बारेमा नगर प्रमुख किशोर कुमार लिम्बुले छलफल गर्नुभएको थियो । विज्ञहरुको सुझाव अनुसार आफूहरुले अस्पताललाई समय–समयमा आवश्यक स्वास्थ्य उपकरण खरिद गर्दै आईरहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । अस्पतालमा अहिले विगतका भन्दा सेवा प्रवाहमा आएको परिवर्तन संगै सेवाग्राहीको भिड समेत दिनानुदिन बढ्दै गईरहेको अस्पताल प्रयोगशाला प्रमुख हर्क बहादुर कुँवरले बताउनुभएको छ् । अस्पतालमा ईमरजेन्सी, ल्याब, फार्मेसी, वर्थिङ सेन्टर, भिडियो एक्स–रे लगाएत सेवा दिदै आएको दोधारा चाँदनी नगर अस्पताल प्रयोगशाला प्रमुख हर्क बहादुर कुँवरले बताउनुभयो ।

अस्पतालले दिने सेवा अहिले आएर आधुनिक भएको प्रयोगशाला प्रमुख हर्क कुँवरले बताउनुभयो । अस्पताललाई थप व्यवस्थित गर्ने र भरपर्दो स्वास्थ्य संस्थाको रुपमा विकास गरिने कार्य भईरहेको उहाँले बताउनुभएको छ् । बिगतमा दिनहरुमा सिमावर्ती भारतिय बजारका महंगा अस्पतालमा उपचार गर्न जाने समस्या टरेर गएको स्थानियबासीहरुले बताएका छन् ।

अस्पतालमा दैनिक सय भन्दा बढी बिरामीहरु उपचार गर्न आउने गरेको अस्पतालमा शल्यक्रियाबाट प्रसूती सेवा, राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत जिन एक्सपर्ट (टिवीपिसिआर) सेवा पनि संचालनमा रहेको अस्पताल प्रशासनले जनाएको छ् । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन नगर क्षेत्रका लागी १५ सय्याको आधुनिक सुबिद्या सम्पन्न अस्पताल निमार्ण क्रममा रहेको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज