चुरे सरक्षण सञ्जालको १७ औँ बार्षिकोत्सव : वन, बन्यजन्तु, पर्यावरण सरक्षणका साथै उपभोक्ताको हितमा
महेन्द्रनगर - चुरे सरक्षण सञ्जाल नेपालले बार्षिकोत्सव कार्यक्रम तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार बेदकोटको रौटेलामा १७औँ बार्षिकोत्सव एव सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
कार्यक्रममा गत विगतका बर्षहरुमा सरक्षणका क्षेत्रमा कामकाज गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चुरे सरक्षण सञ्जाल नेपालका कार्यक्रम व्यवस्थापन करन भट्टले थुप्रै कार्यक्रम भएको बताए । उनका अनु्सार वन, पर्यावरण, बन्यजन्तुको सरक्षण, प्रर्बद्धन, सम्र्बद्धनका साथै उपभोक्ताहरुको हकहितका लागि थुप्रै कार्यक्रम गरेको जनाएका छन । आगामी आर्थिक बर्ष ०८२/०८२का लागि २करोड ६०लाख बराबरको बजेट समेत प्रस्तुत गरेका छन । बार्षिकोत्सवमा स्वागत मन्तव्य राख्दै चुरे सरक्षण सञ्जाल नेपालका सदस्य राजेन्द्र सिह भण्डारीले चुरे सरक्षणका लागि सञ्जालले थुप्रै सरक्षणका कार्यक्रम गरेकाले आगामी दिनमा पनि गर्ने भन्दै सरो...











