Advertisement

ऊर्जामन्त्री भुसालसँग एमसीसी उपाध्यक्ष फतिमा सुमारको शिष्टाचार भेट

 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दिगो आर्थिक विकास तथा एमसीसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श भएको थियो ।

भेटका अवसरमा उहाँहरुबीच सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगको कार्यान्वयनका विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उपाध्यक्ष सुमारले नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपालको आग्रहमा एमसीसी सम्झौता भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले एमसीसीका विषयमा नेपालमा भएका चर्चाका विविध विषयमा चासो व्यक्त गर्नुभएको थियो ।

जवाफमा मन्त्री भुसालले नेपाल–अमेरिकाबीच रहिआएको आपसी सम्बन्ध दरिलो रहेको उल्लेख गर्दै एमसीसीका सन्दर्भमा राजनीतिक सहमति र जनताको चाहनाअनुसार नै निष्कर्षमा पुगिने बताउनुभयो । उहाँले नेपालले द्विपक्षीय एवं बहुपक्षीय दातृ निकायबाट सहयोग लिएर नै विकास प्रक्रियालाई अगाडि बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि अमेरिकाबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी एवं अमेरिकाका तर्फबाट नेपालका लागि अमेरिकी राजदूत याण्डी बेरीसहितको सहभागिता थियो । अमेरिकी सरकारका तर्फबाट एमसीसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सम्झौता भएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

महेन्द्रनगर - भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार कार्यपालिका बैठकबाट निर्णय गरी विभिन्...
पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

महेन्द्रनगर – पाच दिनदेखि संञ्चालन गरीएको पाच दिने निशुल्क बृहत योग सिविर समापन गरीएको छ । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर...
विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

महेन्द्रनगर – बैशाखको दास्रो साता अर्थात बैशाख ९ गते, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायतको टिम घरदैलो, प्रचा...
जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि अर्धनग्न प्रदर्शन गरीएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि आरक्ष ...
डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्...
भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएक...
सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

महेन्द्रनगर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले मंगलबार सुदूरपश्चिम विश्वविद्यालको अवलोकन भ्रमण गरेका छन् । बुध...
दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज