Advertisement

१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ

महेन्द्रनगर – १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो । शनिबार कञ्चनपुरको महेन्द्रनगर पुगेर खेलकुदका भौतिक संरचनाको अवलोकन गरेका राखेप सदस्य सचिव घिसिङले कुनै पनि हालतमा तोकिएकै मितिमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताएका हुन् । उहाँले उत्कृष्ट प्रदर्शनका लागि राम्रो तयारीमा जुट्न सबै खेलाडीमा अनुरोध समेत गर्नुभयो ।

‘जहांसम्म १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैसर्दै जेठमा पुगेको छ, बास्तवमा सदस्य सचिव भएर मैले ९औ राष्ट्रिय खेलकुदको समेत नेतृत्व गर्ने अवसर पाए, र मैले त्यतिबेला नै मंसिर २ गते २०८१मा गर्ने गरी मिति तय गरेर सोका लागि आवश्यक बजेट समेत विनियोजन गत बर्ष नै गरेर पुरक बजेटको व्यवस्थापन भईसकेको स्थीति थियो, भलै विचमा परीषदको बैठकहरु समयमै नहुदाखेरी पहिले तोकेको मितिमा हुनसकेन,’ उहाँले अगाडि भन्नुभयो ‘अहिले नयाँ मिति पछिल्लो समय तोकिएको छ यो मितिमा नै प्रतियोगिता हुनुपर्छ, त्यसका निमित्त राखेप कुनै पनि कसरबाकि नराखिकन तयारीमा जुटिरहेको छ, युवा तथा खेलकुद मन्त्रालयलले पनि यसका निमित्त आवश्यक पहल लिईराखेको छ, त्यसैले सबैलाई म के सन्देश दिन चाहन्छु भने राष्ट्रिय खेलकुद प्रतियोगिता यहि जेठ ३ देखि १०मा सुर्खेतमा हुनेछ, यसका निमित्त देशभर विभिन्नरुपले तयारीमा जुटिरहनु भएका प्रशिक्षक,व्यवस्थापक, खेलाडी, सबै खेलाडी साथीहरु सबैलाई आ–आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शनका लागि तयारी हुनका लागि समेत सबैलाई अनुरोध गर्न चाहन्छु र आफ्ना सफलताका लागि पूर्ण टिमलाई सुभकामना पनि दिन चाहन्छु ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो...
सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

– रमेश बस्नेत, नेपाल यतिबेला विकासको नयाँ युगमा प्रवेश गरिरहेको दाबी गरिन्छ। संघीयता कार्यान्वयनसँगै देशका विभिन्न कुनाकाप्चासम्म ...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ...
राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज