नयाँ खबर
काठमाण्डौ–नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएपछि लुटपाट र आगजनी जस्ता विध्वंसात्मक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ । मंगलबार रातिदेखि बुधबार बिहानसम्मको कारबाहीमा सेनाले ठूलो परिमाणमा नगद र हतियारसहित मानिसहरुलाई पक्राउ गरेको हो ।
सेनाले जारी गरेको सुरक्षा अपडेट अनुसार मंगलबार राति १० बजेदेखि बुधबार बिहान १० बजेसम्मको अवधिमा काठमाडौंसहित देशका विभिन्न स्थानमा लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले अराजक गतिविधिमा संलग्न रहेका व्यक्तिहरु पक्राउ गरीएको सेनाले जनाएको छ ।
कारबाहीका क्रममा काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूको साथबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद गरिएको छ । यसैगरी, सुरक्षाकर्मीले काठमाडौंका विभिन्न स्थानबाट २३ नाल र पोखराबाट ८ नाल गरी जम्मा ३१ नाल विभिन्न किसिमका हतियार, म्यागजिन र गोलीगठ्ठा बरामद गरेको छ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।