Advertisement

लालझाडीको देखतभुली स्वास्थ्य चौकी जिल्लाकै पहिलो ‘पोषणमैत्री संस्था’ घोषणा

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित देखतभुली स्वास्थ्य चौकी जिल्लाकै पहिलो ‘पोषणमैत्री संस्था’ घोषणा भएको छ । सोमबार एक कार्यक्रमकाबिच स्वास्थ्य चौकीलाई पोषणमैत्री संस्था घोषणा गरिएको हो ।

पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वय निर्देशिका–२०७९ ले १६ वटा सुचक निर्धारण गरेको छ । जस अनुसार देखतभुली स्वास्थ्य चौकी १५ वटा सुचकमा सफलता हासिल गरेको छ । भने औषतमा ९० प्रतिशत बढी उपलब्धी हासिल गरेको स्वास्थ्य चौकीले जनाएको छ ।

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले देखतभुली स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पोषणमैत्री संस्था घोषणा गर्न पाउँदा आफुलाई खुसी लागेको बताए । उनले पालिकाले पुर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा पनि प्राथमिकता दिएको बताउँदै समृद्ध लालझाडी बनाउने अभियानमा आफुहरु जुटेको उल्लेख गरे । अलिल्लो वर्ष बालबालिकामैत्री स्वास्थ्य संस्था घोषणा भएको स्मरण गदैँ अध्यक्ष रानाले भने ‘यहाँका आमा समुह, व्यवस्थापन समिति, स्वास्थ्य कर्मचारी साथीहरु सबैको मेहनतले स्वास्थ्य सेवा सुधार हुदैँ गएको छ, पालिकाले सबै स्वास्थ्य संस्था हुदैँ वडा र पालिकालाई पोषणमैत्री पालिका घोषणा गर्ने योजना छ ।’
पालिकाले छ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरि सेवा दिईरहेको र थप एक खोप केन्द्र स्थापनाको तयारी भईरहेको उनको भनाई छ ।
त्यस्तै पालिका अस्पताल सञ्चालनका लागि पुर्वाधार तयार भईसकेकाले जनशक्ती र उपकरण व्यवस्थापनका लागि केन्द्र र प्रदेश सरकारसँग समन्वयन भईरहेको अध्यक्ष रानाले बताए ।
पालिकाले स्थानीय तहको नेतृत्वपछि पुर्वाधार निर्माणमा फड्को मारेको बताउँदै पालिकाकी उपाध्यक्ष सपना चौधरीले शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य सुधार भएको बताईन् । उनले पालिकाले सबै क्षेत्रको विकासलाई प्राथमिकताका साथ अगाडी बढाएको बताईन् ।
लालझाडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले पालिकालाई जनस्वास्थ्यमैत्री बनाउने लक्ष्य लिएको बताए । सरकारले २०७९ मा जारी गरेको मापदण्ड अनुसार देखतभुली स्वास्थ्य चौकी पोषणमैत्री संस्था घोणणा गरिएको बताउँदै अब त्यसको दिगोपना सुनिश्चताका लागि आफुहरुले काम गर्ने उनको भनाई छ ।
त्यस्तै देखतभुली स्वास्थ्य चौकीका प्रमुख लिलाकान्त झाले पालिका र स्थानीय आमा समुह, स्वास्थ्यकर्मी सबैको सहयोगबाट उक्त उपलब्धी हासिल भएको बताए । उनले पालिकासँगै अन्य अस्पतालहरुसँग पनि समन्वय गरि स्वास्थ्य सेवा सहज बनाउन आफुहरुले काम गरिरहेको बताए ।
पोषणमैत्री संस्था घोषणा कार्यक्रममा प्रमुख झासँगै पोषण फोकल पर्सन मञ्जु कार्कीलाई पालिकाले सम्मान समेत गरेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महेन्द्रनगर - महाकाली यातायात बहुदेश्यीय कम्पनी प्रालिको अध्यक्षमा नविन भट्ट निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा १ सय ...
संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको ती...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज