नयाँ खबर
महेन्द्रनगर – लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार कृष्णपुर नगरपालिका वडा नं २ का लाल बहादुर सुनार, हेमराज जोशी, बेदकोट नगरपालिका ७ कञ्चनपुरका बिमल पाण्डेय र धनगढी उप महानगरपालिका ५ कैलालीका अशोक पाण्डेयलाई ३० दशमल १३ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

उनीहरूलाई कृष्णपुर २ वाणी बाट लागूऔषध कारोबार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिए ।

उनका अनुसार उनीहरुको साथबाट ५ थान मोबाइल, एक स्कोर्पियो गाडी पनि बरामद गरेको छ ।
लागुऔषध ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी बिट बाणीको संयुक्त टोलीले उक्त सफलता हात पारेको हो ।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता रावतले बताए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।