Advertisement

महेन्द्रनगर नमुना मावि साधारण ‘उत्कृष्ट विद्यालय पुरस्कार २०८२’ बाट पुरस्कृत हुदै

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर नमुना मावि साधारण सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको साझा छाता संगठन पान(PAN:principals association of Nepal)ले प्रत्येक बर्ष प्रदान गर्दै आईरहेको ‘उत्कृष्ट विद्यालय पुरस्कार २०८२’बाट पुरस्कृत हुने भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १८ कटानस्थीत महेन्द्रनगर नमुना मावि सुदूरपश्चिमकै उत्कृष्ट विद्यालयकोरुपमा यहि जेठ २३ गते ‘उत्कृष्ट विद्यालय पुरस्कार २०८२’बाट पुरस्कृत हुने भएको हो । विद्यालयले उत्कृष्ट विद्यालयका रुपमा प्रमाण पत्र र नगद प्राप्त गर्नेछ ।
पानले ‘बर्षको उत्कृष्ट विद्यालय पुरस्कार २०८२’ प्रदान गर्न गठन गरेको प्रा.डा. विद्यानाथ कोईरालाको नेतृत्वमा गठित मूल्यांकन समितिले गरेको मूल्यांकनका आधारमा महेन्द्रनगर नमुना माविलाई सुदूरपश्चिमकै उत्कृष्ट विद्यालय घोषणा गरिएको जानकारी दिएको छ । मूल्यांकन समितिले २५ वटा शैशिक मापदण्डका आधारमा मूल्यांकन गर्दै महेन्द्रनगर माविलाई सुदूरपश्चिम प्रदेशकै बर्षको उत्कृष्ट विद्यालय घोषणा गरेको प्राडा कोईरालाले जानकारी दिए ।

महेन्द्रनगर नमुना मावि साधारणमा झण्डै तिन हजार विद्यार्थी अध्ययनरत छन् ।

पानका अध्यक्ष सुदाम प्रसाद गौतमका अनुसार महेन्द्रनगर माविलाई जेठ २३ गते पोखरामा हुने पानको दास्रो राष्टिय सम्मेलन २०८२को अवसरमा उक्त पुरस्कार प्रदान गरीनेछ । प्रत्येक प्रदेशबाट एक एक आधारभूत र माध्यमिक तहका उत्कृष्ट विद्यालय, प्रत्येक प्रदेशबाट एक एक जना आधारभूत र माध्यमिक तहका प्रधानाध्यापक, प्रत्येक प्रदेशबाट एक एक उत्कृष्ट नगरपालिका वा गाउँपालिका, मुलुकभरबाट एक उत्कृष्ट महानगरपालिका वा उपमहानगरपालिकालाई अर्वाड प्रदान गर्न लागेको प्यानका अध्यक्ष सुदाम गौतमले जानकारी दिए । सम्मेलनमा देशभरका एकहजार बढी शिक्षाविद्, नीति निर्माता, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहने पानका अध्यक्ष सुदाम प्रसाद गौतमले जानकारी दिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

उद्धव सिंह - इतिहास केवल पुस्तकका पानाहरूमा सीमित हुँदैन; यो शिलामा कुँदिएका अक्षरहरू, माटोभित्र गाडिएका अवशेषहरू र पुर्खाहरूले छो...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु ...
आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज