Advertisement

भृकुटी मावि ५५ औं बार्षिकोत्सव सम्पन्न, पूर्व शिक्षक सम्मानित

महेन्द्रनगर -भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको ५५ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । बिहीबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रिको सभापतित्व तथा भीमदत्त नगरपालिकाका नगर उप – प्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्यतामा ५५ औं बार्षिकोत्सव सम्पन्न भएको हो ।


बार्षिकोत्सव कार्यक्रममा विद्यालयका पूर्व शिक्षक मदन सिंह धामी, हर्क बहादुर धामी र जयराज जोशीलाई सम्मान तथा सम्मान पत्र प्रदान गरिएको छ । उहाँहरुलाई  टिका माला र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

बार्षिकोत्सव कार्यक्रममा  जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका ५ जना विद्यार्थीलाई विद्यालयले ८सयको दरले छात्रवृति प्रदान गरेको छ ।  विद्यालयमा  विभिन्न व्यक्तित्वले स्थापना गरेको ६ वटा कोषबाट ६जना विद्यार्थीले छात्रवृति प्राप्त गरेका छन् ।


कार्यक्रममा कक्षा १देखि १२ सम्म कक्षामा प्रथम द्वितीय र तिर्तिय स्थान प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यसै गरी विशिष्ठ अतिथिमा प्रधानाध्यापक केशर सिंह महरा, पूर्व शिक्षक जानकी बाेहरा, व्यवस्थापन समिति सदस्य डम्बर खड्का, बसन्ती बादी रहनु भएको थियो ।
विद्यालयका वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक केशर सिंह महराले प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि रहेका निलम लेखकले विद्यालयको विकासको लागि जे गर्नुपर्छ बसेर छलफल गर्ने बताउनु भयो ।
विदेशमा सरकारी विद्यालयमा पढ्न प्रवेश परीक्षा लिने गरेको अवस्था उल्लेख गर्दै यहाका सरकारी विद्यालयमा पनि त्यस्तै वातावरण सिर्जना गर्नुपर्ने समाजसेवी तथा महेन्द्रनगर माविका अध्यक्ष कृष्णदत्त जोशी( बोक्सार)ले बताउनुभयो । उनले ज्ञान, नैतिकता, राम्रो व्यवहार भएको व्यक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो ।

पुर्व शिक्षक देविदत्त भट्टले विद्यालयमा धेरै अभाव रहेको भन्दै २०३५ सालको इतिहास कोट्याउनु भयो । एउटा कटेरो मा रहेको विद्यालय सबै शिक्षक हरुले मिलेर जादा राम्रो हुने उहाले सल्लाह दिनुभयो ।
लक्ष्मी माविका प्रअ परमानन्द नाथले विद्यार्थीलाई प्रविधिको फाइदा उठाउन सल्लाह दिँदै दुरुपयोग नगर्न सुझाव दिनुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष जीत बहादुर चौधरी, लक्ष्मीदत्त बाेहरा, होम बहादुर कुँवर, वीर बहादुर महरा, पूर्व प्रअ वीरेन्द्र सिंह भण्डारी, पूर्व शिक्षक खडक बहादुर ऐरी, लक्ष्मी खरेल, रुक्मणी भट्ट र पञ्चा कन्या माविका अध्यक्ष महेश पन्त अतिथि रहनुभएको थियो । त्यसैगरी समाजसेवी चन्द्रकान्त भट्ट, महेन्द्र नमूना विद्यालयका अध्यक्ष वीरेन्द्र राज विष्ट पनि अतिथि रहनुभएको थियो ।

कार्यक्रममा शिक्षिका विमला भट्टको संयोजकत्वमा विद्यार्थीहरुले  विभिन्न प्रकारका नृत्य प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य शिक्षक कृष्ण साउदले गर्नुभएको थियो ।  कार्यक्रम सञ्चालन शिक्षक हरि प्रसाद जोशीले गर्नुभएको थियो ।
स्थानियको प्राथमिक शिक्षा लाई ध्यानमा राखी २०२३ साल मा स्थापना भएको थियो । पदम प्रविका प्रअ धर्मानन्द भट्ट भएका थिए ।


पदम प्राथमिक विद्यालय । २०२६ साल असोज १६ गतेबाट भृकुटी माविको औपचारिक रुपमा सुरुवात भएको हो । २०६० मा माविको पढाइ सुरु भएको हो । २०७५मा प्राविधिक ३ बर्से इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रमबट सुरु भएको थियो ।
विद्यालयले विद्यार्थीहरुलाई विभिन्न विधामा छात्रवृति वितरण गर्दै आइरहेको छ ।

 

साधारणतर्फ ४ सय ६२ जना र प्राविधिक धारतर्फ १ सय ५२ जना गरी ६ सय १४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
कार्यक्रममा शिक्षक, अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी, पिटिए कार्य समिति, अन्य छिमेकी विद्यालयका शिक्षक तथा व्यवस्थापन समिति अध्यक्ष, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार र विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज