Advertisement

भृकुटी मावि ५५ औं बार्षिकोत्सव सम्पन्न, पूर्व शिक्षक सम्मानित

महेन्द्रनगर -भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको ५५ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । बिहीबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रिको सभापतित्व तथा भीमदत्त नगरपालिकाका नगर उप – प्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्यतामा ५५ औं बार्षिकोत्सव सम्पन्न भएको हो ।


बार्षिकोत्सव कार्यक्रममा विद्यालयका पूर्व शिक्षक मदन सिंह धामी, हर्क बहादुर धामी र जयराज जोशीलाई सम्मान तथा सम्मान पत्र प्रदान गरिएको छ । उहाँहरुलाई  टिका माला र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

बार्षिकोत्सव कार्यक्रममा  जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका ५ जना विद्यार्थीलाई विद्यालयले ८सयको दरले छात्रवृति प्रदान गरेको छ ।  विद्यालयमा  विभिन्न व्यक्तित्वले स्थापना गरेको ६ वटा कोषबाट ६जना विद्यार्थीले छात्रवृति प्राप्त गरेका छन् ।


कार्यक्रममा कक्षा १देखि १२ सम्म कक्षामा प्रथम द्वितीय र तिर्तिय स्थान प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यसै गरी विशिष्ठ अतिथिमा प्रधानाध्यापक केशर सिंह महरा, पूर्व शिक्षक जानकी बाेहरा, व्यवस्थापन समिति सदस्य डम्बर खड्का, बसन्ती बादी रहनु भएको थियो ।
विद्यालयका वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक केशर सिंह महराले प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि रहेका निलम लेखकले विद्यालयको विकासको लागि जे गर्नुपर्छ बसेर छलफल गर्ने बताउनु भयो ।
विदेशमा सरकारी विद्यालयमा पढ्न प्रवेश परीक्षा लिने गरेको अवस्था उल्लेख गर्दै यहाका सरकारी विद्यालयमा पनि त्यस्तै वातावरण सिर्जना गर्नुपर्ने समाजसेवी तथा महेन्द्रनगर माविका अध्यक्ष कृष्णदत्त जोशी( बोक्सार)ले बताउनुभयो । उनले ज्ञान, नैतिकता, राम्रो व्यवहार भएको व्यक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो ।

पुर्व शिक्षक देविदत्त भट्टले विद्यालयमा धेरै अभाव रहेको भन्दै २०३५ सालको इतिहास कोट्याउनु भयो । एउटा कटेरो मा रहेको विद्यालय सबै शिक्षक हरुले मिलेर जादा राम्रो हुने उहाले सल्लाह दिनुभयो ।
लक्ष्मी माविका प्रअ परमानन्द नाथले विद्यार्थीलाई प्रविधिको फाइदा उठाउन सल्लाह दिँदै दुरुपयोग नगर्न सुझाव दिनुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष जीत बहादुर चौधरी, लक्ष्मीदत्त बाेहरा, होम बहादुर कुँवर, वीर बहादुर महरा, पूर्व प्रअ वीरेन्द्र सिंह भण्डारी, पूर्व शिक्षक खडक बहादुर ऐरी, लक्ष्मी खरेल, रुक्मणी भट्ट र पञ्चा कन्या माविका अध्यक्ष महेश पन्त अतिथि रहनुभएको थियो । त्यसैगरी समाजसेवी चन्द्रकान्त भट्ट, महेन्द्र नमूना विद्यालयका अध्यक्ष वीरेन्द्र राज विष्ट पनि अतिथि रहनुभएको थियो ।

कार्यक्रममा शिक्षिका विमला भट्टको संयोजकत्वमा विद्यार्थीहरुले  विभिन्न प्रकारका नृत्य प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य शिक्षक कृष्ण साउदले गर्नुभएको थियो ।  कार्यक्रम सञ्चालन शिक्षक हरि प्रसाद जोशीले गर्नुभएको थियो ।
स्थानियको प्राथमिक शिक्षा लाई ध्यानमा राखी २०२३ साल मा स्थापना भएको थियो । पदम प्रविका प्रअ धर्मानन्द भट्ट भएका थिए ।


पदम प्राथमिक विद्यालय । २०२६ साल असोज १६ गतेबाट भृकुटी माविको औपचारिक रुपमा सुरुवात भएको हो । २०६० मा माविको पढाइ सुरु भएको हो । २०७५मा प्राविधिक ३ बर्से इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रमबट सुरु भएको थियो ।
विद्यालयले विद्यार्थीहरुलाई विभिन्न विधामा छात्रवृति वितरण गर्दै आइरहेको छ ।

 

साधारणतर्फ ४ सय ६२ जना र प्राविधिक धारतर्फ १ सय ५२ जना गरी ६ सय १४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
कार्यक्रममा शिक्षक, अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी, पिटिए कार्य समिति, अन्य छिमेकी विद्यालयका शिक्षक तथा व्यवस्थापन समिति अध्यक्ष, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार र विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज