Advertisement

भीमदत्त नगरपालिकाको अर्ब १३ करोडभन्दा बढीको बजेट सर्वसहमतिमा पारित

महेन्द्रनगर – भीमदत्त नगरपालिकाको १९ औँ नगरसभा अधिवेशन बुधबार सम्पन्न भएको छ । नगरसभामा आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति, कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुत गरिएकोमा शनिबार मात्रै पारित गरीएको छ । नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा सम्पन्न नगरसभामा आगामी आर्थिक वर्षका लागि २ अर्ब १३ करोड २५ लाख ७६ हजार बराबरको बजेट अनुमान सार्वजनिक गरिएको छ । प्रस्तुत बजेटमा संघीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा नगरपालिकाको आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वलाई आधार मानी विभिन्न विकास तथा सेवा प्रवाहका कार्यक्रम समेटिएका छन् ।

 

नगरपालिकाले आगामी आर्थिक वर्षमा रु। ३६ करोड आन्तरिक आय संकलन गर्ने लक्ष्य राखेको छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान तर्फ २४ करोड २४ लाख, राजस्व बाँडफाँटबाट १७ करोड ८८ लाख ३७ हजार, सशर्त अनुदानबाट ५६ करोड ४० लाख र विशेष अनुदानबाट ७४ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ २ करोड ४२ लाख ५९ हजार, सशर्त अनुदानबाट ११ करोड ३५ लाख, राजस्व बाँडफाँटबाट ६५ लाख ८० हजार प्राप्त हुने अपेक्षा गरिएको छ । साथै सामाजिक सुरक्षातर्फ ५८ करोड, सडक बोर्ड नेपालमार्फत ७० लाख तथा नगद मौज्दात ४ करोड, समपुरक ३० लाख समेत बजेट स्रोतमा समावेश गरिएको छ ।

बजेटमा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ, रोजगार प्रवर्द्धन, सामाजिक सुरक्षा तथा नगरको समग्र विकासलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख बोगटीले प्रस्तुत बजेटले नगरवासीको जीवनस्तर उकास्ने, आधारभूत सेवा सुदृढ गर्ने तथा दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नगरसभाका सदस्यहरूबाट प्राप्त हुने सुझावलाई समेटेर बजेटलाई अझ प्रभावकारी बनाइएको बताए । पास गरीएको नीति, कार्यक्रम तथा बजेटमाथि नगरसभा सदस्यहरूले छलफल गरी सुझाव पेश गरेका थिए । नगरसभामा विषयगत समितिहरुले वार्षिक प्रगति प्रतिवेदन समेत पेश गरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो...
सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

– रमेश बस्नेत, नेपाल यतिबेला विकासको नयाँ युगमा प्रवेश गरिरहेको दाबी गरिन्छ। संघीयता कार्यान्वयनसँगै देशका विभिन्न कुनाकाप्चासम्म ...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ...
राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज