Advertisement

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस मिडियम स्कूल विजयी भएका छन् । विजयी भएसंगै दुवै टिम सेमीफाईनल प्रवेश गरेका छन् ।

 

बुधबार विहान भएको पहिलो खेलमा होली फेम्लिले वेष्टर्न पव्लिक एकेडेमीलाई १ विकेटले पराजित गर्दै सेमिफाईन यात्रा तय गरेको हो । टस हारेर फिल्डिङ्गको निम्तो पाएको होली फेम्लिले १०७ रनको लक्ष्य १९.३ ओभर खेल्दै ९ विकेटको क्षतिमा भेट्टाएको हो । होली फेम्लिका लागि ३८ बल खेल्दै ३६ रन जोड्न सफल भए । त्यसैगरी कप्तान हरिस बुढाले १७ रन, तपन अवस्थीले १३ रनको योगदान गरे । होली फेम्लिका तपन अवस्थीले किफाईती बलिङ्ग गर्दै ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । होली फेम्लिका तपन अवस्थी प्लेर अफ दि म्याच घोषित भएका छन् ।

वेस्टर्नका पुष्प पन्त र कपिल भट्टले समान ३/३ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन् ।
बुधबार दिउसो भएको दोस्रो खेलमा टस जितेर व्याटिङ्ग गरेको शान्ती निकेतनले निर्धारित २० ओभर खेल्दै १४३ रनको योगफल खडा ग¥यो । शान्ती निकेतनका महेश लावडले ४१ बलको सामना गर्दै ४१ रन जोडे । ३६ बलको सामना गरेका ले ३३ रनको योगदान गरे । १६ बलको सामाना गरेका ईशान दौल्यालले २३ रन बनाए । सनराईजका सुनिल चन्दले ४, निराजन जोशीले २ लिन सफल भए ।

 

जवाफि व्याटिङ्ग गरेको सनराई ८.५ ओभरमा अलआउट हुदै ३४ रनमा समेटिन पुग्यो । सनराईजका सुनिल चन्दले १५ रन बनाउन बाहेक अन्य व्याट्सम्यान क्रिजमा टेक्न सकेनन् ।

 

शान्ती निकेतनका मनिष लेखकले सार्वाधिक ५ विकेट लिए । उनले चार ओभर बलिङ्ग गर्दै मात्र १६ रन खर्चेका हुन् । त्यसैगरी ईशान दौल्याल ४ विकेट हात पारे । उनले आफ्नो पुरै ४ स्पेल फाल्दै मात्र १२ रन दिए । यसको खेलको प्लेयर अफ दि म्याच ईशान दौल्याल घोषित भए ।

 

बिहीबार बिहान ७ बजेदेखि मर्निङ्ग ग्लोरी भर्सेस लिटिल स्टार र दिउसो २ बजेदेखि ईन्टर नेशनल भर्सेस लिटिल बुद्ध एकेडेमीविच प्रतिस्पर्धा हुने होली फेम्लिका  असिस्टेन्ट म्यानेजर महादेश भट्टले जानकारी दिए । उनका अनुसार यी दुई खेलबाट सेमिफाईनल पुग्ने बाकि दुई टिमको टुङ्गो लाग्नेछ ।
टी–२० क्रिकेट प्रतियोगिता भीमदत्त नगरपालिकाको सहकार्यमा होली फेम्लि ईग्लिस मिडियम स्कूलले आयोजना गरेको हो । प्रतियोगितामा भीमदत्त नगरपालिकाका भित्रका १८ माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।

 

प्रतियोगिताको विजेता टीमले नगद ५१ ह्जार १ सय ११ रुपयाँ सहित ट्रफि प्राप्त गर्नेछ । उपविजेता टीमले नगद ३१ ह्जार १ सय ११ रुपयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

 

त्यसैगरी म्यान अफ द म्याच घोषणा हुने खेलाडीलाई एक हजार ५ सय , बेष्ट बलर, बेष्ट व्याट्सम्यानलाई जनही २ हजार ५ सय, र म्यान अफ द सिरिज लाई ३ हजार तथा उदयीमान खेलाडी लाई १ हजार ५ सय रुपयाँ सहित ट्रफि, मेडल प्रदान गरीनेछ । जेठ १६ गते शनिबारदेखि संञ्चालन भएको प्रतियोगिता जेठ २३ गते शनिबार समापन गरीने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज