Advertisement

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस मिडियम स्कूल विजयी भएका छन् । विजयी भएसंगै दुवै टिम सेमीफाईनल प्रवेश गरेका छन् ।

 

बुधबार विहान भएको पहिलो खेलमा होली फेम्लिले वेष्टर्न पव्लिक एकेडेमीलाई १ विकेटले पराजित गर्दै सेमिफाईन यात्रा तय गरेको हो । टस हारेर फिल्डिङ्गको निम्तो पाएको होली फेम्लिले १०७ रनको लक्ष्य १९.३ ओभर खेल्दै ९ विकेटको क्षतिमा भेट्टाएको हो । होली फेम्लिका लागि ३८ बल खेल्दै ३६ रन जोड्न सफल भए । त्यसैगरी कप्तान हरिस बुढाले १७ रन, तपन अवस्थीले १३ रनको योगदान गरे । होली फेम्लिका तपन अवस्थीले किफाईती बलिङ्ग गर्दै ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । होली फेम्लिका तपन अवस्थी प्लेर अफ दि म्याच घोषित भएका छन् ।

वेस्टर्नका पुष्प पन्त र कपिल भट्टले समान ३/३ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन् ।
बुधबार दिउसो भएको दोस्रो खेलमा टस जितेर व्याटिङ्ग गरेको शान्ती निकेतनले निर्धारित २० ओभर खेल्दै १४३ रनको योगफल खडा ग¥यो । शान्ती निकेतनका महेश लावडले ४१ बलको सामना गर्दै ४१ रन जोडे । ३६ बलको सामना गरेका ले ३३ रनको योगदान गरे । १६ बलको सामाना गरेका ईशान दौल्यालले २३ रन बनाए । सनराईजका सुनिल चन्दले ४, निराजन जोशीले २ लिन सफल भए ।

 

जवाफि व्याटिङ्ग गरेको सनराई ८.५ ओभरमा अलआउट हुदै ३४ रनमा समेटिन पुग्यो । सनराईजका सुनिल चन्दले १५ रन बनाउन बाहेक अन्य व्याट्सम्यान क्रिजमा टेक्न सकेनन् ।

 

शान्ती निकेतनका मनिष लेखकले सार्वाधिक ५ विकेट लिए । उनले चार ओभर बलिङ्ग गर्दै मात्र १६ रन खर्चेका हुन् । त्यसैगरी ईशान दौल्याल ४ विकेट हात पारे । उनले आफ्नो पुरै ४ स्पेल फाल्दै मात्र १२ रन दिए । यसको खेलको प्लेयर अफ दि म्याच ईशान दौल्याल घोषित भए ।

 

बिहीबार बिहान ७ बजेदेखि मर्निङ्ग ग्लोरी भर्सेस लिटिल स्टार र दिउसो २ बजेदेखि ईन्टर नेशनल भर्सेस लिटिल बुद्ध एकेडेमीविच प्रतिस्पर्धा हुने होली फेम्लिका  असिस्टेन्ट म्यानेजर महादेश भट्टले जानकारी दिए । उनका अनुसार यी दुई खेलबाट सेमिफाईनल पुग्ने बाकि दुई टिमको टुङ्गो लाग्नेछ ।
टी–२० क्रिकेट प्रतियोगिता भीमदत्त नगरपालिकाको सहकार्यमा होली फेम्लि ईग्लिस मिडियम स्कूलले आयोजना गरेको हो । प्रतियोगितामा भीमदत्त नगरपालिकाका भित्रका १८ माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।

 

प्रतियोगिताको विजेता टीमले नगद ५१ ह्जार १ सय ११ रुपयाँ सहित ट्रफि प्राप्त गर्नेछ । उपविजेता टीमले नगद ३१ ह्जार १ सय ११ रुपयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

 

त्यसैगरी म्यान अफ द म्याच घोषणा हुने खेलाडीलाई एक हजार ५ सय , बेष्ट बलर, बेष्ट व्याट्सम्यानलाई जनही २ हजार ५ सय, र म्यान अफ द सिरिज लाई ३ हजार तथा उदयीमान खेलाडी लाई १ हजार ५ सय रुपयाँ सहित ट्रफि, मेडल प्रदान गरीनेछ । जेठ १६ गते शनिबारदेखि संञ्चालन भएको प्रतियोगिता जेठ २३ गते शनिबार समापन गरीने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज