Advertisement

भीमदत्तमा अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने, विजेतालाई ५१ हजार नगद पुरस्कार

कञ्चनपुर – सुदूरपश्चिमको भीमदत्त नगरपालिकामा अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । होली फेमली इंग्लिश मिडियम स्कूलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह–प्रायोजनमा जेठ १४ गतेदेखि प्रतियोगिता सञ्चालन हुने भएको हो ।

विद्यालयका अनुसार प्रतियोगितामा भीमदत्त नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूले सहभागिता जनाउन सक्नेछन् । विद्यालयस्तरमै क्रिकेट खेलको विकास, विद्यार्थीमा अनुशासन र नेतृत्व क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिता लिग–कम–नकआउट आधारमा सञ्चालन गरिनेछ । प्रत्येक टोलीमा १४ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक रहने व्यवस्था गरिएको छ । खेल ICC तथा CAN को नियमअनुसार खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा ह्वाइट लेदर बल प्रयोग गरिनेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद रु ५१ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ३१ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज तथा उदीयमान खेलाडीलाई पनि नगदसहित ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी खेलाडीको उमेर १९ वर्षमुनि हुनुपर्ने व्यवस्था गरिएको छ । खेलाडीको योग्यता पुष्टि गर्न SEE मार्कसिट, IEMIS कोड वा कक्षा ८ को मार्कसिट पेश गर्नुपर्ने आयोजकले जनाएको छ ।

खेलको टाई सेट जेठ १३ गते बुधबार बिहान ८ बजे गरिनेछ भने सहभागी विद्यालयहरूले खेलाडीको विवरण तथा आवश्यक कागजातसहितको आधिकारिक पत्र प्रतियोगिता अघि बुझाउनुपर्नेछ ।
विद्यालय प्रशासनले प्रतियोगिताले विद्यालयस्तरमा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै खेलमार्फत स्वस्थ र सकारात्मक समाज निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

महेन्द्रनगर - होली फेम्ली राष्टिय 'स्कूल लेभल च्याम्पियनशिप' को उपाधि बात्सल्या विद्या निकेतनले जितेको छ । सोमबार भएको फाइनल खेलमा...
बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

महेन्द्रनगर– बैजनाथ आधारभूत विद्यालय बनकट्टीमा दुई दिने धार्मिक अनुष्ठान सम्पन्न भएको छ । आईतबार कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालि...
पेसवानको सामाजिक परीक्षण कार्यक्रम

पेसवानको सामाजिक परीक्षण कार्यक्रम

महेन्द्रनगर–गैर सरकारी संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान)ले आफ्नो वार्षिक सामाजिक परीक्षण कार्यक्रम गरेको छ...
होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

महेन्द्रनगर- होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ अन्तरगत सोमबार होलीफेम्लि र बात्सल्या विद्या निकेतनविच फाईनल...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : महेन्द्रनगर मावि साधारण, आयोजक होलीफेम्ली, बात्सल्या र महाकाली सेकेण्डरी स्कूल सेमिफाईनमा भिड्ने

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : महेन्द्रनगर मावि साधारण, आयोजक होलीफेम्ली, बात्सल्या र महाकाली सेकेण्डरी स्कूल सेमिफाईनमा भिड्ने

महेन्द्रनगर – होली फेम्ली राष्ट्रिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप’ अन्तरगत समुह चरणका खेल सकिदा शनिबार अन्तिम चारमा पुग्ने सबै...
निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

धनगढी - सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा योगदानकर्ताहरूले धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। बाट पनि कोष ...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द,  महेन्द्रनगर नमुना र वात्सल्य विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द, महेन्द्रनगर नमुना र वात्सल्य विजयी

महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप अन्तरगत आज वर्षका कारण दुई खेल रद्द भएका छन्। भने महेन्द्र नमु...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमी विजय भएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज