Advertisement

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् ।

 

जिल्लाको सबैभन्दा धनी र सुगम पालिकाको दुर्गमबस्ती(तराईको कर्णाली)का रुपमा परिचित खल्लामछेट्टीमा महाकाली बुहप्राविधिक शिक्षालयको आयोजना तथा भीमदत्त नगरपालिकाको व्यवस्थापन एवं मन्त्र अस्पतालको प्राविधिक सहयोगमा आयोजित एकदिने निशुल्क स्वास्थ्य शिविरबाट ५४ जना महिला र ३९ जना पुरुष गरी ९३ जना लाभान्वित भएका हुन् ।

महाकाली बहुप्राविधिक शिक्षालयका निर्देशक परमल सिह साउदले ग्रामिण भेगका नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउने उदेश्यसहित शिक्षालयले सामाजिक उत्तरदायित्व अन्तरगत दुर्गमबस्ती खल्लामछेट्टीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको बताए । विशेषज्ञ डाक्टरहरुको सेवा सहितको शिबिरमा रगत जाँच, खकार जाँच, औषधी निशुल्क वितरण गरीएको निर्देशक साउदले बताए ।

गाँउमै निशुल्करुपमा विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसि भएका छन् । मिना चन्दले गाँउमै विशेषज्ञ डाक्टरको सेवा पाउदा हर्षित भएको बताईन् । ‘टुडिखेलमा गाँउघर क्लिनिक छ तर त्यहा खासै चेकजाँच हुदैन,’ उनले भनिन् ‘आज गाउघरमै डाक्टर आएर जाँच गर्नुभयो खुसी लाग्यो, औषधि पनि निशुल्क पाईयो । यस्ता कार्यक्रम सधै भईराखे राम्रो हुन्थयो ।’

त्यसैगरी अर्का सेवाग्राही संगिता धामीले पनि आफ्नै गाँउमा निशुल्क विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा पाउदा खुसि लागेको बताईन् ।
स्वास्थ्य जाँच गर्दा अधिकांश सेवाग्राही रुघाखोकि ज्वरोका देखिएता पनि ५/६ सेवाग्राहीमा दमको सिकायत देखिएको डा. अर्जुन भट्टले बताए । ‘अधिकांस विरामीमा रुघाखोकि ज्वारो देखिएपनि ५/६ जनामा अलि जटिल समस्या जस्तो देखियो । उनीहरुलाई अस्पतालमै आएर चेकजाँच गर्ने सल्लाह सुझाव दिएकाछौ,’ उनले भने ‘सामान्य समस्या देखिएका विरामीहरुलाई ३ दिनको औषधी दिएका छौ । निको नभए अस्पताल आउन सुझाव दिएका छौ । ’

शिविरमा प्रमुख अतिथिको रुपमा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी रहेका थिए । उनले महाकाली बहुप्राविधिक शिक्षालयले ग्रामिण भेगका स्थानीयलाई निशुल्क स्वास्थ्य सेवा पु¥याउने उदेश्यले गरीएबमे शिविरले धेरै परिवार लाभान्वित हुने बताए ।

उक्त स्वास्थ्य शिबिरमा तिन जना विशेषज्ञ डाक्टर, स्वास्थ्य चिकित्सक, शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो...
सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

– रमेश बस्नेत, नेपाल यतिबेला विकासको नयाँ युगमा प्रवेश गरिरहेको दाबी गरिन्छ। संघीयता कार्यान्वयनसँगै देशका विभिन्न कुनाकाप्चासम्म ...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ...
राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज