Advertisement

बेदकोट नगरपालिकाको वडा नं. १० मा छाउगोठ सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर –१० स्थीत सार्कीटोलमा ‘छाउगोठ सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम’ सम्पन्न गरीएको छ । शुक्रबार स्वीट नेपालको सहकार्य तथा बेदकोट नगरपालिका वडा नं. १०को आयोजनामा वडाभित्रका सबै छाउगोठ भत्काएपछि स्थानीय बासिन्दालाई छाउपढी कुप्रथाकाबारेमा थप सचेतना प्रदान गर्ने उदेश्यकासाथ कार्यक्रमको आयोजना गरिएको हो । बेदकोट १०को वडा कार्यालयले नेपाल प्रहरी र विभिन्न गैरसरकारी संस्थाहरूको सहयोगमा गत साउन महिनामा विभिन्न टोलमा रहेका २३ वटा छाउगोठ भत्काएको थियो ।

वडा नं. १० का वडा अध्यक्ष रतन बहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले छाउपढी गोठहरु धार्मिक नभएको कारण स्वस्फुर्तरुपमा भत्काएकाले स्थानीयहरुमा धन्यवाद व्यक्त गरे । ‘विभिन्न सामाजिक कार्यक्रर्ताहरुको अगुवाईमा स्थानीयहरुले आफैले छाउपढी गोठहरु हटाउनुभयो, छाउपढी गोठहरुमा हामी बस्दैनौ, यो कुरो चाही धार्मीक छैन्, यसको कुनै अर्थछैन भनी हटाईदिनुभयो यसको खुसियाली मनाउन यहा आएका छौ,’ नगर प्रमुख बोहराले भने, ‘जवरजस्ती कानुन कार्यन्वयन गर्न सकिन्थ्यो तर यसको अर्थ मनमा रहिरहन्छ त्यसैले नहुने काम भयो कि भन्ने हुन्छ, विगतमा छाउपढी गोठ भत्काईएका थिए तर भत्काउने घरमा नपुग्दै छाउपढी घर फेरी बने । तर यसपालि भत्काएको दिनदेखि सबैले मान्नुभएको छ, आज हामी सबै दिदी बहिनीहरुलाई बधाई छ ।’ कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उनले छाउगोठ भत्काएर मात्रै समस्या समाधान नहुने भन्दै कुप्रथालाई जरैदेखि उन्मूलन गर्नका लागि सबैको सोच र व्यवहारमा परिवर्तन आउनु जरुरी रहेको बताउनुभयो ।
त्यसैगरी, वेदकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रतन सिंह बिष्टले वडामा छाउगोठ भत्काएपछि स्थानीयमा आउनसक्ने त्रास, डर नहोस भनेर सचेतनासम्बन्धी कार्यक्रमको आयोजना गरीएको बताए । “वडा सरकार, स्वीट नेपाल, प्रशासन लगायत अभियान्ताहरुको सहयोगमा उहाँहरुले बनाएका छाप्राहरु भत्काएका थियौ, र उहाँकै घर आगनमा आएर भत्काउनुको कारण यो हो, यसको फाईदा बेफाईदा बारे जानकार िकिन गरीयो भने उहाँभित्र हुने डरत्रास नहोस भन्नेहो,’ उनले भने, ‘हाम्रो छाउगोठ भत्कायो आज सिडीयो, एसपी र प्रशासनको टिम बोलाएर हामीलाई फरक ठाउमा बैठकमा बोलाईरहेको छ, भोली हामी कारवाहिमा पर्ने होकि भन्ने कुराहरु उहाँको दिमागमा नजाउन, उहाँहरु नत्रासिउन, सहज तरीकाले सम्झाउने बातावरण सिर्जना हुने भएकाले टोलबस्तीमै कार्यक्रमको आयोजना गरेका हौ ।’

 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कानुनले छाउपडी प्रथालाई दण्डनीय मानेको उल्लेख गर्दै यसलाई शून्य सहनशीलताको नीति अपनाएर नियन्त्रण गरिने बताउनुभयो। उहाँले यस्ता सामाजिक अपराधविरुद्ध सबै पक्षको सहकार्य अपरिहार्य रहेको पनि प्रष्ट पार्नुभयो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले प्रहरी प्रशासन छाउगोठ भत्काउने र छाउपडी कुप्रथाविरुद्धको अभियानमा सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कसैले यस्तो कुप्रथालाई निरन्तरता दिएको पाइएमा कानुन अनुसार कडा कारबाही गरिने समेत उनले बताए ।
वेदकोट नगरपालिकाका नगर उप प्रमुख तुलसी जोशीले छाउगोठले महिलालाई शारीरिक र मानसिक दुवै रूपमा असर पुर्याउने हुँदा यसलाई अन्त्य गर्न नारी शिक्षा र सशक्तिकरणमा जोड दिए ।
स्विट नेपालका अध्यक्ष अमिर तिरुवाले छाउपडी प्रथालाई हटाउनका लागि स्थानीय सरकार र समुदायसँगको सहकार्यमा यस्ता सचेतना कार्यक्रमहरूलाई निरन्तरता दिने बताए ।  स्वयमसेविका गंगा कठायतले स्वागत मन्तव्य राख्दै छाउपढी कुप्रथालाई जरैदेखि हटाउनुपर्नेमा जोड दिए ।  सिद्धनाथ बैजनाथका धामी स्थानीय प्रेम साउदले महिलाहरुलाई सरसफाई गर्न आग्रह गर्दै समाजमा रजस्वला भएकी महिलालाई सबैले सम्मान गर्नुपर्ने कुरामा जोड दिए ।
स्थानीय महिलाहरुले आफ्नो छाउगाठ भत्काएपछिको अनुभव सुनाउनुका साथै गाउँका विभिन्न समस्या सुनाएका छन् । छाउगोठ भत्काएको दुईतिन दिन अलिकति समस्या भएता पनि अहिले कुनै पनि समस्या नआएको स्थानीयको भनाई रहेको थियो । उनीहरुले गाउँमा विद्युतवत्ति, हात्तिले प्रत्येक बर्ष सताउने गरेको र बाटोघाटोलाई स्तरोन्नतीका लागि नगरपालिका लगायत सिडियोलाई आफ्ना समस्या सुनाएका छन् ।
स्थानीय बिस्ना चुनाराले छाउगोठ भत्काएपछि कुनै पनि समस्या नआएको बताईन् । उनले आफुहरुले नै कुप्रथालाई मानिरहेको धारणा ब्यक्त गरीन् । ‘सुरुमा छाउगोठ भत्काउन डर लागेको थियो, तर भत्काएपछिको एकदुई दिनमा समस्या मानियो अहिले भने कुनै पनि समस्या भएको छैन,’ उनले भनिन् ‘छाउगोठ भत्काएपछि गाउँमा एउटा नयाँ चेतना आएको छ जस्तो लाग्छ, यो कुप्रथालाई खालि त्यतिकै हामीहरुले बोकेका रहेछौ, यो सबैले छोड्नुपर्छ ।’
त्यसैगरी स्थानीय सीता चुनाराले पनि छाउपढी गोठ भत्काएपछि कुनै किसिमको समस्या नआएको बताईन । त्यसैगरी पार्वती चुनाराले पनि गाउँमा छाउपढी गोठ भत्काएर दुईचार दिन समस्या आएता पनि अहिले ठिकै भएको बताईन् ।
कार्यक्रमको सहजिकरण स्वीट नेपालका कार्यक्रम संयोजक मिनाऔजीले गरेकि हुन् । कार्यक्रममा महिलाहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज