Advertisement

बेदकोट ताल परिसरमा पत्रकार महासंघको ९औ बैठक, यस्ता छन निर्णय

महेन्द्रनगर–नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको मासिक घुम्ती बैठक कञ्चनपुर जिल्लाको धार्मिक पर्यटकिय स्थल बेदकोट ताल परिसरमा बसेको छ । शुक्रबार जिल्लाको बेदकोट नगरपालिका वडा नं. ३ स्थीत बेदकोट ताल परिसरमा महासंघको ९औ बैठक सम्पन्न भएको हो । पत्रकार महासंघका अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा उपाध्यक्ष धर्मारोकाया, सचिव कुन्दन पाण्डेय, कोषाध्यक्ष मोहन विष्ट र सहसचिव गोकुल जोशीको उपस्थीति रहेको थियो । सदस्यहरुमा केशव भट्ट, दिनेश ओझा, विकास सिंह महता, माधव पौडेल, ऐश्वर्या कुवर, धन बहादुर विकको उपस्थीती रहेको थियो । पत्रकार महासंघका सल्लाहकार माधव धामीको बिशेष उपस्थिति रहेको थियो । बैठकले विभिन्न निर्णय सर्वसम्मतरुपमा पारित गरको छ । बैठकले निम्नलिखित महत्वपूर्ण निर्णय पारित गरेको पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले बताए ।
१. नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले कंचनपुरका पत्रकारहरु र सन्चारमाध्यमहरुको हकहितमा जोड दिने, पत्रकार आचारसंहिताको कार्यान्वयनमा सबै पेशागत पत्रकारलाइ आग्रह गर्ने, बिगतमा पहिलो देखि आठौँ बैठकमा गरिएका निर्णयको कार्यान्वयनमा जोड दिने र नेपाल पत्रकार महासंघ शाखा कंचनपुरको भि।न।पा। १८ सालघाडिमा रहेको भवनको कार्यालय ब्यवस्थापन सङ्गै भुईतला लाई पछिल्लो समय धरासायी बन्दै गएका पत्रपत्रीका छपाइमा सहयोग पुगोस भन्ने उदेश्यले मिडिया क्षेत्र संग सम्बन्धित रहेको छापाखाना सन्चालनका लागि सहुलियत दरमा भाडामा दिने निर्णय गरेको छ ।

२।कंचनपुरको बिकास ,समृद्धि र रोजगारीमा अहम भुमिका निर्वाह गर्ने अपेक्षा र आसा गरिएको दैजिछेला औधोगिक क्षेत्र निर्माणको काम द्रुत गतिमा अगाडि बढाउन सरकार संग आग्रह गरेको छ ।
३. कंचनपुरको बेदकोट नगरपालिकामा रहेका बेदकोट ताल , लिङ्गा क्षेत्र लगायतका अन्य धार्मिक पर्यटकिय क्षेत्रहरुको पर्यटन प्रवर्द्धन , प्रचार प्रसार र पुर्वाधार बिकासका ध्यान दिन स्थानिय ,प्रदेश र संघ सरकारलाइ आग्रह गर्दै पर्यटकिय क्षेत्रको बिकास, पर्यटन प्रवद्धन र प्रचार प्रसारको लागि महासंघको सदैव साथ सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गरेको छ ।

 

महासंघले घुम्ती बैठकसंगै अन्तक्रिया पनि गरेको थियो । उक्त कार्यक्रममा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज प्रमुख अतिथि रहेका थिए । पत्रकारहरु राष्ट्रको अभिन्न अंग भएकोले कुनै व्यक्ती पार्टी, संस्था विशेष भएर लाग्न नहुने कार्यक्रमका प्रमुख अतिथि बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले बताए । पत्रकारिताविनाको लोकतन्त्र अराजक हुने उनले उल्लेख गरे । राजनितिक दल र पत्रकारहरु एक अर्काका परिपुरक रहेको समेत उनले बताए ।

अहिले सामाजिक सञ्जाल लगायतका कारणले मिडिया धरासायी बन्न पुगेको उनले बताए। समाजका हरेक राम्रा र नराम्रा विषयलाई पत्रकारहरुले उठान गर्न हिच्किचाउन नहुनेमा समेत उनले जोड दिए । पत्रकार महासंघका अध्यक्ष सुरेश सिंह धामीले बैठकलाई सुसम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

उद्धव सिंह - इतिहास केवल पुस्तकका पानाहरूमा सीमित हुँदैन; यो शिलामा कुँदिएका अक्षरहरू, माटोभित्र गाडिएका अवशेषहरू र पुर्खाहरूले छो...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु ...
आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज