Advertisement

पोखरी कटेज सञ्चालन गर्न सरकारी अनुदान नलिएको सञ्चालक रानाको भनाई

महेन्द्रनगर – कञ्चनपुरको बेदकोट नगरपालिका– ७ सुडा हजारा स्थित पोखरी कटेज संचालन गर्न सरकारी अनुदान नलिएको सञ्चालक कृष्ण रानाले बताए । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सञ्चालक रानाले पोखरी कटेज सञ्चालन गर्न बैंकबाट ऋण लिएको तर सरकारी अनुदान नलिएको बताएका हुन् ।

 

सोमबार पोखरी कटेज सञ्चालन गर्न सरकारी अनुदान लिएको र प्रवेश शुल्क लगाएको बारे सामाजिक सन्जालमा व्यापक टिकाटिप्पणी भएपछि सञ्चालक रानाले पत्रकार सम्मेलन गर्नुपरेको छ । उनले नेपालमा नै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ पोखरी कटेज को स्थापना गरी पर्यटन तथा होटल व्यवसाय सुरु गरेको उल्लेख गर्दै कटेजमा सुरक्षालाई मध्य नजर गर्दै फुड कुपन लगाएको बताए । ुहामीले प्रवेश शुल्क नभई फुड कुपन को सिस्टम लिएका हौ,ु उनले भने ुउक्त कुपनको शुल्क भित्र जुनसुकै खानेकुरा खानुहुन्छ त्यसमा कताउँछौं, कुनै ग्राहकले केही पनि खाँए भनेपनि उहालाई फ्रूटी दिने गरेका छौं ।ु
उनले अगाडि थपे ु कटेजमा विभिन्न प्रवृतिको मान्छेहरू आउने, उनीहरूले अन्य ग्राहकलाई डिस्टर्ब गर्ने र हामीले सर्विस गर्न नसक्ने गरी आउने ग्राहकको भीडलाई रोकेर बाहिर जाने नराम्रो संदेश रोक्नका लागि पनि फुड कुपन अवधारणा लिएका हौ ।ु

पहिल्यै देखि ललिता एग्रो फर्मबाट माछा तथा कुखुरा पालन गर्र्दै आएको त्यही फर्मबाट अहिले जिउँदो माछा बिक्रि केन्द्र र पोखरी मर्मतका लागि प्रदेश सरकारबाट अनुदानका लागि छनौट भएको उनले स्पस्ट पारे । प्रदेश सरकार रहेको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत चालु आर्थिक बर्ष ०८१र०८२मा ५०लाख अनुदानका लागि छनौट भएपनि निर्माण कार्य जारी भएकाले भुक्तानी समेत नपाएको रानाले बताए । ‘लगानी साझेदारी कार्यक्रम अन्तर्गत सुप सरकारले पचास प्रतिस अनुदानका लागि सम्झौता भई काम चलिरहेको छ, ‘उनले भने, ‘मैले अनुदान दुरुपयोग पनि गरेको छैन ।’ ०७२सालदेखि पोल्ट्री, माछा व्यवसायमा काम गर्दै आएको र व्यवसाय विस्तार गरेर ०७६देखि पोखरी कटेज समेत संचालनमा ल्याएका थिए ।

 

हालसम्म १३करोड बैकिङ्ग ऋण रहेको भन्दै उनले युवालाई स्वदेशमै उद्यम गर्न वातावरण बनाउनु पर्नेमा जोडदिए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख श्याम सिंह खड्काले पोखरी कटेज होटल सञ्चालन गर्न अनुदान नगएको बताए । ‘पोखरी कटेज होटल सञ्चालन गर्न अहिलेसम्म यो कार्यालयबाट एक रूपयाँ पनि दिएको रेकर्ड छैन तर एकै व्यक्ति अन्य व्यवसायमा इन्वलब हुनसक्छ, त्यो कुरा बेग्लै हो, ‘उनले भने, ‘होटल सञ्चालन गर्न दिने नियम नै छैन, हामीले त नियममा बसेर काम गर्ने हो ।ु

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

उद्धव सिंह - इतिहास केवल पुस्तकका पानाहरूमा सीमित हुँदैन; यो शिलामा कुँदिएका अक्षरहरू, माटोभित्र गाडिएका अवशेषहरू र पुर्खाहरूले छो...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु ...
आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज