Advertisement

नेकपा एमालेको धनगढी विशेष सभाका लागि कञ्चनपुरमा तिब्र तयारी, जिल्लाबाट १० हजार बढी जनसहभागिता हुने

महेन्द्रनगर – नेकपा एमाले प्रदेश कमिटीलेले चैत्र २९ गते धनगढीमा प्रदेशस्तरीय विशेष सभा आयोजना गरीरहेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध एमालेले धनगढीमा बृह्त आमसभा आयोजना गर्न लागेको हो । सोही कार्यक्रममका लागि कञ्चनपुर जिल्लाबाट दशौ हजारको संख्यामा कार्यकर्ता सहभागिता गराउन तिब्ररुपमा तयारी भईरहेको नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले बताउनुभयो । नेकपा एमालेले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका समन्वय कमिटि तथा पालिका कमिटिहरुलाई जिम्मेवारी समेत तोकिसकेको उहाँले बताउनुभयो ।

नेकपा एमाले कञ्चनपुरका पार्टी प्रचार विभाग प्रमुख समेत रहेका अवस्थीले धनगढीको विशेष सभामा कञ्चनपुरबाट १० हजार बढीको जन सहभागीता गराउने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार तीन वटै क्षेत्रिय समन्वय कमिटि र पालिका कमिटिहरुलाई जिम्मेवारी दिएर जन परिचालनको तिव्र रुपमा तयारी भईरहेको छ । एमाले कञ्चनपुरले कञ्चनपुर निर्वाचन क्षेत्र नंम्बर १ मा पार्टी केन्द्रीय सदस्य कमला बोहरालाई जन परिचालन अनुगमन समितिको जिम्मेवारी तोकिको छ भने त्यहाँका पालिका कमिटिको विस्तारीत बैठक आयोजना गरि थप तयारी गर्ने योजना छ । त्यस्तै निर्वाचन क्षेत्रमा नम्बर २ मा जन परिचालन अनुगमनको जिम्मेवारी नेकपा एमाले केन्द्रीय सदस्य नर बहादुर धामीलाई दिईएको छ ।

 

वेदकोटमा नगर कमिटिका कार्य बहाक अध्यक्ष जनक विष्ट, शुक्लाफाँटामा नगर कमिटि अध्यक्ष धिरेन्द्र साउद र कृष्णपुरमा नगर कमिटि अध्यक्ष कुवेर खड्कालाई जन परिचालन संयोजकको जिम्मेवारी दिईएको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नंम्बर ३ मा भने पार्टी केन्द्रीय सदस्य ईन्चार्ज कृपाराम रानालाई जन परिचालन समितिको जिम्मेवारी तोकीएको छ । धनगढी सभाबाट गणतन्त्रको पक्षमा देशव्यापी रुपमा सन्देश दिनका लागि उक्त सभाको आयोजना भईरहेको एमालेले जनाएको छ । सभाको पुर्व तयारी स्वरुप कैलाली र कञ्चनपुरमा अघिल्लो साता बृहत मोटरसाईकल ¥याली समेत निकालिएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज