Advertisement

दशगजा क्षेत्रमा नेपाली जग्गामा अतिक्रमण, भारतियहरुले गरेको सिमाङकन स्थानियबासीहरुले भत्काए

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ धामीटोल नजिक नेपाल–भारत सिमा क्षेत्रमा भारतियहरुले एकलौटी तरिकाले नेपाली जग्गा अतिक्रमण गरेका छन् । शनिवार अबेर साँझा भारतिय सुरक्षाकर्मीहरुले नेपाल तर्फको कसैलाई जानकारी नदिई एकतर्फी नेपाली भुमी अतिक्रमण गरि सिमाङकन गरेपछि आज स्थानियबासीहरु लगाएत जनप्रतिनिधीहरुले बिरोध जनाउदै भारतिय पक्षले गरेको सिमाङकनलाई भत्काईदिएका छन् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा स्तम्भ नं. ७ सय ९६ बट्टा २ देखि ७ सय ९७ पिल्लरको झण्डै ३ सय मिटर लम्बाई नेपाली भुमी अतिक्रमण गरिएको स्थानियबासी तमान सिंह गुरुङ्गले बताउनुभएको छ् । स्थानियबासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतिय पक्षले एक तर्फी नेपाली भुमी अतिक्रमण हुने गरि बनाएको सिमाङकन भत्काईदिएको स्थानियबासी तमानसिंह गुरुङ्गले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको खुला सिमा क्षेत्र रहेको र बेला बेलामा भारतिय पक्षले नेपाली भुमी अतिक्रमण गर्ने प्रयास गर्ने कार्य नौला नभएको गुरुङ्गले बताए ।

नेपाली भुमी अतिक्रमण गरेको बिषयमा सबैले गम्भिर भएर भारतिय ज्यादतीको बिषयमा केन्द्रिय स्तरमा बहसको बिषय हुनु पर्ने उहाँको माँग रहेको छ् । सामाचार तयारपारुञ्जेल भारतिय सुक्षाकर्मीहरुले आफ्नो भुमी बताउदै सिमाङकन गरिएको क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधी, स्थानियबासीहरुको बाक्लो भिड छ् ।

दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले भारतियहरुले नेपाली सुरक्षाकर्मी, स्थानियबासी, जनप्रतिनिधीहरु कसै संग सहकार्य नगरि एकतर्फी सिमाङकन गरेको बिषयमा दोधारा चाँदनी नगरपालिका गम्भिर भएको बताउनुभएको छ् ।

२०२२ साल देखि धामी टोलका स्थानियबासीहरुले खेतीपाती गर्दै आएको जग्गामा नेपाली भुमी बताउदै अतिक्रमण गरेको बिषय कुनै प्रकारको सय्य नभएको नगरउपप्रमुख गंगा देबी जोशीले बताउनुभयो ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

उद्धव सिंह - इतिहास केवल पुस्तकका पानाहरूमा सीमित हुँदैन; यो शिलामा कुँदिएका अक्षरहरू, माटोभित्र गाडिएका अवशेषहरू र पुर्खाहरूले छो...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु ...
आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज