Advertisement

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी – सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरूले महँगी भत्ता, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा बिदा लगायतका सेवा–सुविधा उपलब्ध गराउन माग गर्दै आर्थिक मामिलामन्त्री विक्रम धामी लाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।

करार कर्मचारीहरूले प्रदेश सरकारका विभिन्न निकायमा न्यून पारिश्रमिकमा कार्यरत कर्मचारीहरूलाई संविधानले सुनिश्चित गरेको समानताको हक, रोजगारीको हक तथा सामाजिक सुरक्षाको हकअनुसारका सुविधा नदिइएको गुनासो गरेका छन्। बढ्दो महँगीका कारण न्यून पारिश्रमिकमा जीवनयापन गर्न कठिन भएको र सामाजिक सुरक्षा व्यवस्था नहुँदा भविष्य तथा स्वास्थ्य उपचारसमेत अनिश्चित बनेको उनीहरूको भनाइ छ।

ज्ञापनपत्रमा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का महासन्धि तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (ICESCR) ले समान कामका लागि समान पारिश्रमिक र सुविधा सुनिश्चित गरेको उल्लेख गरिएको छ। स्थायी र करार कर्मचारीबीच काम र जिम्मेवारीमा कानुनी रूपमा कुनै भिन्नता नभए पनि सुविधा र पारिश्रमिकमा विभेद कायम रहेको उनीहरूको दाबी छ।

कर्मचारीहरूले सर्वोच्च अदालतबाट जारी परमादेश तथा निर्देशनात्मक आदेशको समेत स्मरण गराउँदै करार सेवामा रहेका कर्मचारीलाई महँगी भत्ता, योगदानमा आधारित सामाजिक सुरक्षा कोष (SSF) मा आबद्धता, घरबिदा, किरिया बिदा, पर्व बिदा, सुत्केरी तथा स्याहार बिदा, बिरामी बिदा लगायतका सेवा–सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका छन्।

उनीहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि लागू हुने गरी करार कर्मचारीलाई मासिक महँगी भत्ता उपलब्ध गराउन, सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउन तथा स्थायी निजामती कर्मचारीसरह बिदा सुविधा सुनिश्चित गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन्।

प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत करार कर्मचारीहरूको हस्ताक्षरसहित बुझाइएको ज्ञापनपत्रमा माग सम्बोधनका लागि आवश्यक बजेट व्यवस्थापन तथा प्रशासनिक निर्णय गरी सम्बन्धित निकायहरूमा कार्यान्वयनका लागि परिपत्र गर्नसमेत अनुरोध गरिएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो...
सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

– रमेश बस्नेत, नेपाल यतिबेला विकासको नयाँ युगमा प्रवेश गरिरहेको दाबी गरिन्छ। संघीयता कार्यान्वयनसँगै देशका विभिन्न कुनाकाप्चासम्म ...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ...
राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज