Advertisement

कञ्चनपुरमा ध्वासे चितुवाको आक्रमण प्रयास असफल, सतर्क रहन आग्रह

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको उत्तरी भेगमा पर्ने चुरे क्षेत्रमा ध्वाँसे चितुवाको आक्रमणबाट दुई जना जोगिएका छन् । आईतबार डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाबाट कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार आउनेक्रममा परशुराम नगरपालिकाका वडा नं. ९ कुयापानीका नरेश सुनार र परशुराम नगरपालिका वडा नं. ८ जमरानीका जनक विक ध्वाँसे चितुवाको आक्रमणबाट जोगिएका हुन । आज सादनी–चुनेपानी सडकखण्डको चुनेपानीभन्दा माथि रातामाटी भन्ने ठाँउमा ध्वाँसे चितुवाले आक्रमण गरेको नरेश सुनारले बताउनुभयो । ‘आज हामी दुई जना सादनी–चुनेपानी सडकबाट महेन्द्रनगर आउदै थियौ,’ नरेशले भन्नुभयो ‘चुनेपानीभन्दा माथि नै हो, बुट्टा परेको बाघले झम्टिन आयो, जनक र मैले मोटरसाईकल छोडेर ५ सय मिटर दौडेर ज्यान जोगायौ एकघण्टापछि मोटरसाईकल लिएर बल्ल महेन्द्रनगर पगियो ।’
पछिल्लो समयमा जंगली हिंस्रक जनावरहरु बाहिर आउने र मानिसमाथि आक्रमण गर्ने प्रक्रिया बढिरहेको छ । खासमा बाघ, चितुवा र हिउचितिवाले आहारको कमि र समस्याग्रस्त भएरमात्रै गाँउवस्ती तिर आउने र मानव लाई आक्रमण गर्ने गर्दछन् । यसबारे शुक्लाफाटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षक अधिकृत पुरुषोत्तम वाग्ले भन्नु हुन्छ –‘बाघ र चित्तले आहारको कमि भएमा आहारको खोजि गर्न गाँउबस्ती तिर आउछन्, तर हाम्रो देश नेपालका जंगलमा बाघको आहारको कमि छैन्,’संरक्षक अधिकृत वाग्लेले भन्नुभयो ‘खासमा गाँउघरतिर आउने बाघ र चितुवा भनेका समस्याग्रस्त नै हुन, जुन कुनै न कुनै कारणरले सिकार गर्न नसक्ने भएका हुन्छन्, यीनीहरुको व्यवस्थापन सरकारले गर्नुपर्ने देखिन्छ ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

महेन्द्रनगर – लागू औषधसहित भीमदत्त नगरपालिकाकी वडा सदस्य पक्राउ परेकी छन् । शनिबार दिउसो ३ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं. १...
श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

कञ्चनपुर - कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार...
नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

समाज प्रति मेरो मनको पीडा र आग्रह रमेश बस्नेत, कञ्चनपुर आज दोधारा चाँदनी नगरपालिकाको एक सचेत नागरिकको हैसियतले जब म आफ्नो सम...
महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महेन्द्रनगर – कञ्चनपुरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले स्वास्थ्य सेवा तथा प्राविधिक जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

महेन्द्रनगर - उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार वैजनाथ माविको सभाहलमा उत्तम चन्द स्म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज