Advertisement

कञ्चनपुरको पुनर्वास नगरपालिकामा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (SAAN) परियोजना शुभारम्भ

किशोर तामाङ
कञ्चनपुर — नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्य सुदृढीकरण परियोजना ( SAAN) शुरु गरिएको छ । उक्त परियोजना कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा एक कार्यक्रमका बिच शुभारम्भ भएको छ ।

पुनर्वास नगरपालिकामा नगरप्रमुख ज्यूको सभा कक्षा हलमा आयोजित कार्यक्रममा पुनर्वास नगरपालिकाका नगरप्रमुख श्री तोयप्रसाद शर्मा ज्यूको अध्यक्षता परियोजनाको औपचारिक रुपमा शुभारम्भ भएको छ ।
प्रत्येक मनसुनमा बाढीका कारण बारम्बार क्षति हुँदै आएको र यसले जनधनको क्षति मात्र होइन, दीर्घकालीन सामाजिक र आर्थिक असर पनि पारिरहेको कारण यस्ता संकटहरूको प्रभाव न्यूनीकरण गर्न र क्षतिको पूर्वानुमानको आधारमा प्रभावकारी तयारी गर्न पूर्वानुमानमा आधारित सूचना र जोखिम मूल्यांकनको आधारमा आवश्यक कदम चाल्न “पूर्वानुमानमा आधारित पूर्वकार्य सुदृढीकरण परियोजना”SAAN ” पुनर्वास नगरपालिकामा शुभारम्भ गरिएको हो।

परियोजना नेपाल राष्ट्रिय समाज कल्याण संघ(NNSWA) द्धारा सञ्चालित मर्सिकोर नेपालको प्राविधिक सहयोग र कोकाकोला फाउन्डेशनको आर्थिक सहयोगमाMERCY CORPS र रुमसन एसोसीएट्सले कञ्चनपुर जिल्लाको दुईवटा पालिकाहरु पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा पुर्व नमुनामा आधारित पुर्वकार्यमा बल्कचेन प्रविधि भन्ने परियोजना संचालनमा ल्यइएको हो ।
यस परियोजनाले बिपद ब्यवस्थापनका लागि राहत प्लेटफर्मको निर्माण गरि पुर्वकार्यका गतिविधिहरु सबै एकिकृत गर्दै भएका गतिविधीको अनुगमन तथा दस्तावेजीकरण ,लाभग्राही तथा सरोकार निकायलाई एउटै प्लेटफर्म मार्फत संचार गर्न सकिने गरि एस.एम.एस र भ्वाइस म्सेजको प्रयोग गरि बाढी जोखिम क्षेत्रमा पुर्वानुमानका आधारमा डिजिटल भौचरको प्रयोग गर्दै नगद हस्तान्तरण कार्यमा थप प्रभावकारी बनाउनका लागि पाइलोट परियोजनाका रुपमा संचालन गर्ने शान परियोजना संयोजक देवराज बढुले बताए । यसैगरि परियोजना अन्तर्गतका कार्यक्रमद्वारा विपद् आउनु पूर्व नै स्थानीय तह, समुदाय र सरोकारवालाहरूलाई सूचित गर्दै आवश्यक तयारी गर्न सघाउने, पूर्वसूचना प्रणाली र सुरक्षाका उपायहरूलाई प्रवद्र्धन गर्ने, तथा संघीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गर्दै प्रतिकृया, राहत र पुनःस्थापनाअघि नै पूर्वकार्य आरम्भ गर्ने लक्ष्य रहेको परियोजनाका कार्यक्रम संयोजक बडुले जानकारी दिए ।

 

कार्यक्रममा बिपद ग्रस्त क्षेत्र पुनर्वास नगरपालिका ५ का वडाध्यक्ष पदम रोकायले भने “परियोजनाले बिपद जोखिम न्यूनिकरणका लागि स्थानीय सरकारको पूर्वानुमान कार्यलाई एकीकृत गर्दै सूचना प्रणालीमा सुधार गरिने रहेछ , यो समुदायको लागि एकदमै अपरिहर्य छ । ” यस संगसगै वित्तीय संयन्त्रहरूलाई नवप्रवर्तनशील, सक्षम र सुदृढ बनाउँदै जोखिमा आधारित योजना निर्माण, जोखिम हस्तान्तरण तथा बीमा योजनाको कार्यान्वयन मार्फत समुदायको दीगो विपद् तयारी र सामाजिक सुरक्षाको स्तर उकास्नेमा आफु बिश्वस्त रहेको अध्यक्ष रोकायले बताए ।

 

यसैगरी कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले परियोजनाले समग्र पालिकाको विपद् व्यवस्थापनको कार्यलाई प्रविधि मैत्री बनाउँदै थप छिटो र छरिदो र प्रभावकारी बनाउने अपेक्षा लिएको बताए । उनले बिपद ग्रस्त समुदायका सदस्यहरूलाई तालिम, पूर्वतयारी उपकरण वितरण, पूर्वसूचना प्रणालीमा पहुँच र निर्णय प्रक्रियामा सहभागिता मार्फत सशक्तिकरण तर्फ सूचना प्रणालीलाई सुधार गर्दै प्रारम्भिक सूचना प्रणालीको पहुँच र प्रयोग सुदृढ गर्दै लैजानेमा आफु ढुक्क रहेको बताए ।

परियोजना शुभारम्भ कार्यक्रममा पुनर्वास नगरपालिका अन्तर्गतका सबै वडाका वडाध्यक्षहरु तथा प्रतिनिधि, नगरपालिका शाखा प्रमुखहरू र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

महेन्द्रनगर – लागू औषधसहित भीमदत्त नगरपालिकाकी वडा सदस्य पक्राउ परेकी छन् । शनिबार दिउसो ३ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं. १...
श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

कञ्चनपुर - कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार...
नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

समाज प्रति मेरो मनको पीडा र आग्रह रमेश बस्नेत, कञ्चनपुर आज दोधारा चाँदनी नगरपालिकाको एक सचेत नागरिकको हैसियतले जब म आफ्नो सम...
महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महेन्द्रनगर – कञ्चनपुरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले स्वास्थ्य सेवा तथा प्राविधिक जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

महेन्द्रनगर - उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार वैजनाथ माविको सभाहलमा उत्तम चन्द स्म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज